News Portal

रेडियो सुन्नुहोस्

जो चप्पल उद्योगी बन्दैछन्

बिबश जि.एम२०८० श्रावण २४
७८६ पटक
२०८० श्रावण २४

मल्लरानी गाउँपालिका–४, खलगांमा स्थानीय ५ जना मिलेर मल्लरानी चप्पल उद्योग सञ्चालनमा ल्याएका छन् । गत जेठ महिनाबाट ५ जना महिलाले सामुहिक रुपमा चप्पल उद्योग सञ्चालन गरेका हुन् । समुहमा नर्मदा भट्ट,अरुणा बुढाथोकी, तुलसा थापा, गोमा श्रेष्ठ र सुनिता शाही रहेका छन् ।

उद्योगबाट दैनिक ६/७ जोडी चप्पलहरु उत्पादन हुन्छ । मल्लरानी गाउँपालिकाले गरिबी निवारणका लागि लघु उद्यम सीप विकास तालिम दिएपछि उनीहरुले उद्योग सञ्चालन गरेका हुन् । उद्योग स्थापनाको लागि ५० हजार लगानी गरिएको चप्पल उद्योगका अध्यक्ष नर्मदा भट्टले बताईन् । गाउँपालिकाले चप्पल सिलाउनको लागि एउटा मेसिन समेत उपलब्ध गराएको अध्यक्ष भट्टले जानकारी दिइन् । उनीहरुले उत्पादन गरेको चप्पल जिल्ला बाहिर दाङ, नेपालगञ्ज, काठमाडौं लगायतका जिल्लाहरुमा विक्री हुँदै आएको छ ।


अहिलेसम्म उनीहरुले फुटकरबाट ३५ हजार भन्दा बढीको चप्पलहरु बिक्री गरिसकेको बताउँछन् । ग्राहकहरुले पनि चप्पलको मुल्य र चप्पल राम्रो भएको भन्दै मन पराएका छन् । ‘हामीले थोकमा बिक्री गर्नको लागि खलगां बाग्दुला बजारमा पुर्‍यायौं,’उनले भनिन्,‘व्यापारीले महंगो भन्दै राख्न मानेनन् ।’ उनीहरुले उत्पादन गरेको चप्पलले स्थानीय बजारमा भने राम्रो मुल्य पाएको छैन् । मल्लरानी गाउँपालिकाले बजारको लागि व्यवस्थापन गर्न व्यसायीहरुसंग अन्तरक्रिया कार्यक्रम समेत गरेको थियो । जिल्लामा उनीहरुले उत्पादन गरेको चप्पल महंगो भएको भन्दै थोकमा विक्री सुन्य जस्तै छ । स्थानीय उद्योगबाट उत्पादन भएका सामानहरु जिल्ला मै विक्री गर्ने वातावरण मिलाउन स्थानीय सरकारले पहल गर्नु पर्ने उनीहरुले बताए । उद्योगबाट उनीहरु सन्तुष्ट भएको बताएका छन् । विहान बेलुका घरको काम सकेर दिउँसोको समय उनीहरु आफ्नै उद्योगमा व्यस्त हुन्छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...