News Portal

रेडियो सुन्नुहोस्

जो चप्पल उद्योगी बन्दैछन्

बिबश जि.एम२०८० श्रावण २४
९९४ पटक
२०८० श्रावण २४

मल्लरानी गाउँपालिका–४, खलगांमा स्थानीय ५ जना मिलेर मल्लरानी चप्पल उद्योग सञ्चालनमा ल्याएका छन् । गत जेठ महिनाबाट ५ जना महिलाले सामुहिक रुपमा चप्पल उद्योग सञ्चालन गरेका हुन् । समुहमा नर्मदा भट्ट,अरुणा बुढाथोकी, तुलसा थापा, गोमा श्रेष्ठ र सुनिता शाही रहेका छन् ।

उद्योगबाट दैनिक ६/७ जोडी चप्पलहरु उत्पादन हुन्छ । मल्लरानी गाउँपालिकाले गरिबी निवारणका लागि लघु उद्यम सीप विकास तालिम दिएपछि उनीहरुले उद्योग सञ्चालन गरेका हुन् । उद्योग स्थापनाको लागि ५० हजार लगानी गरिएको चप्पल उद्योगका अध्यक्ष नर्मदा भट्टले बताईन् । गाउँपालिकाले चप्पल सिलाउनको लागि एउटा मेसिन समेत उपलब्ध गराएको अध्यक्ष भट्टले जानकारी दिइन् । उनीहरुले उत्पादन गरेको चप्पल जिल्ला बाहिर दाङ, नेपालगञ्ज, काठमाडौं लगायतका जिल्लाहरुमा विक्री हुँदै आएको छ ।


अहिलेसम्म उनीहरुले फुटकरबाट ३५ हजार भन्दा बढीको चप्पलहरु बिक्री गरिसकेको बताउँछन् । ग्राहकहरुले पनि चप्पलको मुल्य र चप्पल राम्रो भएको भन्दै मन पराएका छन् । ‘हामीले थोकमा बिक्री गर्नको लागि खलगां बाग्दुला बजारमा पुर्‍यायौं,’उनले भनिन्,‘व्यापारीले महंगो भन्दै राख्न मानेनन् ।’ उनीहरुले उत्पादन गरेको चप्पलले स्थानीय बजारमा भने राम्रो मुल्य पाएको छैन् । मल्लरानी गाउँपालिकाले बजारको लागि व्यवस्थापन गर्न व्यसायीहरुसंग अन्तरक्रिया कार्यक्रम समेत गरेको थियो । जिल्लामा उनीहरुले उत्पादन गरेको चप्पल महंगो भएको भन्दै थोकमा विक्री सुन्य जस्तै छ । स्थानीय उद्योगबाट उत्पादन भएका सामानहरु जिल्ला मै विक्री गर्ने वातावरण मिलाउन स्थानीय सरकारले पहल गर्नु पर्ने उनीहरुले बताए । उद्योगबाट उनीहरु सन्तुष्ट भएको बताएका छन् । विहान बेलुका घरको काम सकेर दिउँसोको समय उनीहरु आफ्नै उद्योगमा व्यस्त हुन्छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...