News Portal

रेडियो सुन्नुहोस्

असल क्षेत्री रिहा, कार्यकर्ताद्वारा नारावाजी

सिखबर संवाददाताकार्तिक ९, काठमाडाै
१५७२ पटक
कार्तिक ९, काठमाडाै

नेकपाका नेता चन्द्र बहादुर खड्का (असल क्षेत्री) रिहा भएका छन । गत भाद्र ५ मा काठमान्डौको नागढुगाबाट पक्राउ परेका क्षेत्री आज रिहा भएका हुन ।बुटवलको भारतिय पेन्सन क्याम्पमा आगजनी गरेको आरोप लगाइएका उनलाइ संलग्न नभएको भन्दै अदालतले गरेको छाड्न गरेको आदेश लत्याउदै उनलाई फेरी पक्राउ गरी मकवानपुरको विष्पोटको घटनासंग जोडेर मकवापुर लगिएको थियो ।

सर्वोच्च अदालतले असोज १५ गते सोमबार लिखित जवाफसहित ३ दिनभित्र उपस्थित गराउन दिएको आदेशलाई सरकारले लत्याएको थियो ।खड्कालाई बिनाकारण पक्राउ गरी गैरकानूनी थुनामा राखेको भन्दै तत्काल रिहाईको माग गर्दै दुर्गाप्रसाद जैसीले दायर गरेको रिटमाथि बहसपछि सर्वोच्चले लिखित जवाफसहित बन्दीलाई ३ दिनभित्र अदालतमा उपस्थित गराउन सरकार, गृहमन्त्रालय, मकवानपुर जिप्रका लगायत विपक्षीहरुको नाममा असोज १५ गते सोमबार आदेश दिएको थियो ।

रिहापछि उनका समर्थक तथा नेकपाका कार्यकर्ताले खुशीयाली मनाएका छन ।
पक्राउ गरेपछि शारिरिक यातना समेत दिएको सरकारले उनलाइ मानसिक रुपमा पनि यातना दिदै कहिले काठमान्डौं, कहिले रुपन्देही त कहिले मकवानपुर डुलाएको थियो । जनयुद्धमा जनमुक्ति सेनाको विग्रडियर कमाण्डर समेत बनेका उनि सल्यानका कम्युनिष्ट नेता हुन । जनयुद्धको वलमा बनेको गणतन्त्रको कम्युनिष्ट सरकारले नै उनलाइ पक्राउ गरेर दुख दिएको हो ।

प्रतिकृया दिनुहोस्

प्यूठानमा आगलागीमा संलग्न ४ जना पक्राउ

आगलागीमा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय प्यूठानका अनुसार...

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठान शाखाले गऱ्यो मृत्यु दाबी भुक्तानी

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठानले मृत्यु दाबी भुक्तानी गरेको छ । शनिबार हिमालयनले माण्डवी गाउँपालिका...

निःशुल्क दन्त रोगबाट लिघामा ६६ जनाले लिए सेवा

नौबहिनी गाउँपालिका २ लिघामा १ दिने दन्त रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्न भएको छ ।...

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको...

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...