News Portal

रेडियो सुन्नुहोस्

सामाजिक संजालको दुरुपयोग हुन दिन्न : मन्त्री शर्मा

बाेम बहादुर परियार साउन ३२
७८३ पटक
साउन ३२

सञ्चार तथा सूचना प्रविधी मन्त्री रेखा शर्माले सुशासन कायम गर्दै बिकृती, बिसंगती लगायत भ्रष्टाचार अन्त्य गर्न सरकार निर्मम ढंगले लागिपरेको बताएकी छिन ।
बिहिबार प्यूठानमा पत्रकार भेटघाट कार्यक्रमा बोल्दै मन्त्री शर्माले सामाजिक सञ्जालको दुरपयोगलाई नियन्त्रण गर्न नसक्दा चौतर्फी समस्या भइरहेको बताइन । यसलाइ रोक्न बिज्ञहरुसंग बसेर कानुन बनाइ नियन्त्रण गर्ने निती बनाउन सरकार लागि परेको बताइन ।

मन्त्रि शमाले बिदेशमा व्याक्ति निर्यात नगरी सेवा निर्यात गर्नको लागि आइसीटि सम्बन्धी तालिम युवाहरुलाई दिन थालेको बताएकी हुन् । यस्तै उलने प्यूठानको मुख्य सडक क्वाडी बाग्दुला सम्मको क्षेत्र फराकिलो बनाउनको लागी बजेटको पहल गरिरहेको बताइन । सञ्चार क्षेत्रको विकासको लागि आफ्नो मन्त्रालयबाट पहल भइरहेको बताउदै उनले जिल्लाका एफ एम रेडियोहरुलाइ समयमै नविकरण गर्न आग्रह गरिन ।


पत्रकार भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंघ प्युठान शाखाका अध्यक्ष सञ्जय रिजालले जिल्लामा सञ्चारमाध्य र सञ्चार कर्मीको अवस्थाबारे उल्लेख गरेका थिए । रिजालले सरकारले मिडियालाई नियन्त्रण गर्ने कुरामामात्र बढि ध्यानदिएका कारण सञ्चारमाध्यहरुले सम्पादकीय स्वतन्त्रताको प्रत्याभूति गर्न नपाएको बताए । कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ प्यूठानका सचिब प्रकाश बैद्यले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...