News Portal

रेडियो सुन्नुहोस्

४१ बर्ष पछि साङले गाईनले नागरिकता पाए

बिबश जि.एम २०८० भदौ १
६३० पटक
२०८० भदौ १

नागरिकता नपाएर अनागरिक बनेका साङले गाईनले नागरिकता पाएका छन् । ऐरावती गाउँपालिका ५ सिदुंरे डाडाँ  स्थित साङले गाईनले ४१ बर्ष पछि नागरिकता पाएका हुन् ।

बुबा हिरे गाईन र आमा गफुली गाईनका छोरा साङले यसअघि नागरिकता बिहिन थिए । सानो उमेरमै बुबाआमाको मृत्यु भएको र कामको शिलशिलामा भारतमा बस्दै आएका गाईनले बिहिबार वडाध्यक्ष चन्द्र बहादुर रोकाको सनाखतामा नागरिकता पाएका हुन ।

उनको तीन पुस्तासम्म पनि कोही आफन्त नभएपछि आफ्नै सनाखतमा नागरिकता उपलब्ध गराएको हुँ वडाध्यक्ष रोकाले भने, ‘नेपाली नागरिक भईसकेपछि नागरिकता पाउनुपर्छ भन्ने सोचका साथ सबैको सहयोगमा मेरो हस्ताक्षरबाट नागरिकता बनेको छ ।” सहयोग गर्ने वडाका कर्मचारी, अस्थायी प्रहरी पोस्ट कैरनका सुरक्षाकर्मीहरु, साक्षी बसेर सहयोग गर्ने स्थानीय, जिल्ला प्रशासन कार्यालय प्यूठान लगायत सबैलाई वडाध्यक्ष रोकाले धन्यवाद दिए ।

साथै नागरिकता पाएपछि साङले गाईन पनि खुसी भएको उनले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...