News Portal

रेडियो सुन्नुहोस्

भलिवलको कप वडा नं ५ र क्रिकेटको ४ को हातमा

सिखबर संवाददाताकार्तिक १० प्यूठान
१३४६ पटक
कार्तिक १० प्यूठान

         उत्कृष्ट भलिवल खेलाडी टाेपराज कुवंर

गत कार्तिक ६ गतेदेखि स्वर्गद्वारी नगरपालिकामा सुरु भएको प्रथम मेयर कप प्रतियोगिता सम्पन्न भएको छ ।
स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मूल नाराका साथ साथ नगर खेलकुद समन्वय समितिको आयोजना तथा स्वर्गद्वारी नगरपालिकाको आर्थिक सहयोगमा आयोजित प्रथम मेयरकप २०७५ अन्र्तगत भलिवलको कप वडा नं ५ तथा क्रिकेट प्रतियोगिताको कप वडा नं ४ ले हात पार्न सफल भएका छन ।

नगरपालिकामा रहेका ९ वटै वडाहरुको प्रतिनिधित्व भएको प्रतियोगितामा भलिवल तर्फ दोस्रो वडा नं ७, तेस्रो वडा नं ६ र सान्त्वनामा वडा नं ३ विजयी भएका छन साथै क्रिकेट तर्फ दोस्रो वडा नं ३, तेस्रो एस सि एम डि सी भिंग्री र सान्त्वनामा वडा नं ९ विजयी भएका हुन । यसैगरी प्रथम मेयरकप प्रतियोगितामा भलिवल तर्फ उत्कृष्ट खेलाडी स्वर्गद्वारी नगरपालिका वडा नं ३ का टोप राज कवंर र क्रिकेट तर्फ वडा नं ३ कै विष्णु सिं ठकुरी उत्कृष्ट खेलाडी घोषित भएका छन ।

दुवै प्रतियोगितामा विजयी हासिल गर्ने वडाका खेलाडी समूहरुले क्रमशः नगद रु ३० हजार र कप, नगद रु २० हजार, नगरद रु १० हजार, नगद रु ५ हजार साथै मेडल, प्रमाणपत्र प्राप्त गरेका छन । विजयी खेलाडी तथा वडाहरुलाई नगर प्रमुख नेत्र बहादुर रोकायले कप तथा पुरस्कारहरु प्रदान गर्नुभएको थियो ।

 क्रिकेट तर्फका उत्कृष्ट खेलाडी विष्णु सिं ठकुरी

नगर खेलकुद समन्वय समितिले प्रथम मेयरकपकोे समापन समाहरोहमा नगरपालिका भित्रका पूर्व खेलाडीहरुलाई खेलकुदको विकासमा योगदान दिएको भन्दै सम्मान गरेको छ ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एवम नगर प्रमुख नेत्र बहादुर रोकायले विजयी तथा प्रतियोगितामा सहभागि खेलाडीहरुलाई स–धन्यवाद सहित हार्दिक बधाई दिदैं आगामी दिनहरुमा खेललाई यस क्षेत्रमा मात्र सिमित नराखी अन्य अवसरमा पनि सहभागि भई यस नगरपालिकाको प्रतिनिधित्व गर्नको लागि अनुरोध गर्नुभयो । यस्तै प्रथम मेयरकप प्रतियोगिता भएकाले व्यवस्थापन देखि लिएर हरेक कुरामा केही कमजोरीको भएतापनी आगामी दिनमा खेलकुद क्षेत्रको विकासको लागि नगरपालिका लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...

सुसुप्त क्षयरोग सम्वन्धी अन्तरक्रिया विजुवारमा सम्पन्न

‘क्षयरोग रोकौ क्षयरोग अन्त्य गरौ’ भन्ने मुल नाराका साथ सुसुप्त क्षयरोगको संक्रमणको उपचार (थ्रि.एच.पि) सम्वन्धी...