News Portal

रेडियो सुन्नुहोस्

भलिवलको कप वडा नं ५ र क्रिकेटको ४ को हातमा

सिखबर संवाददाताकार्तिक १० प्यूठान
१७३३ पटक
कार्तिक १० प्यूठान

         उत्कृष्ट भलिवल खेलाडी टाेपराज कुवंर

गत कार्तिक ६ गतेदेखि स्वर्गद्वारी नगरपालिकामा सुरु भएको प्रथम मेयर कप प्रतियोगिता सम्पन्न भएको छ ।
स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मूल नाराका साथ साथ नगर खेलकुद समन्वय समितिको आयोजना तथा स्वर्गद्वारी नगरपालिकाको आर्थिक सहयोगमा आयोजित प्रथम मेयरकप २०७५ अन्र्तगत भलिवलको कप वडा नं ५ तथा क्रिकेट प्रतियोगिताको कप वडा नं ४ ले हात पार्न सफल भएका छन ।

नगरपालिकामा रहेका ९ वटै वडाहरुको प्रतिनिधित्व भएको प्रतियोगितामा भलिवल तर्फ दोस्रो वडा नं ७, तेस्रो वडा नं ६ र सान्त्वनामा वडा नं ३ विजयी भएका छन साथै क्रिकेट तर्फ दोस्रो वडा नं ३, तेस्रो एस सि एम डि सी भिंग्री र सान्त्वनामा वडा नं ९ विजयी भएका हुन । यसैगरी प्रथम मेयरकप प्रतियोगितामा भलिवल तर्फ उत्कृष्ट खेलाडी स्वर्गद्वारी नगरपालिका वडा नं ३ का टोप राज कवंर र क्रिकेट तर्फ वडा नं ३ कै विष्णु सिं ठकुरी उत्कृष्ट खेलाडी घोषित भएका छन ।

दुवै प्रतियोगितामा विजयी हासिल गर्ने वडाका खेलाडी समूहरुले क्रमशः नगद रु ३० हजार र कप, नगद रु २० हजार, नगरद रु १० हजार, नगद रु ५ हजार साथै मेडल, प्रमाणपत्र प्राप्त गरेका छन । विजयी खेलाडी तथा वडाहरुलाई नगर प्रमुख नेत्र बहादुर रोकायले कप तथा पुरस्कारहरु प्रदान गर्नुभएको थियो ।

 क्रिकेट तर्फका उत्कृष्ट खेलाडी विष्णु सिं ठकुरी

नगर खेलकुद समन्वय समितिले प्रथम मेयरकपकोे समापन समाहरोहमा नगरपालिका भित्रका पूर्व खेलाडीहरुलाई खेलकुदको विकासमा योगदान दिएको भन्दै सम्मान गरेको छ ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एवम नगर प्रमुख नेत्र बहादुर रोकायले विजयी तथा प्रतियोगितामा सहभागि खेलाडीहरुलाई स–धन्यवाद सहित हार्दिक बधाई दिदैं आगामी दिनहरुमा खेललाई यस क्षेत्रमा मात्र सिमित नराखी अन्य अवसरमा पनि सहभागि भई यस नगरपालिकाको प्रतिनिधित्व गर्नको लागि अनुरोध गर्नुभयो । यस्तै प्रथम मेयरकप प्रतियोगिता भएकाले व्यवस्थापन देखि लिएर हरेक कुरामा केही कमजोरीको भएतापनी आगामी दिनमा खेलकुद क्षेत्रको विकासको लागि नगरपालिका लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...