News Portal

रेडियो सुन्नुहोस्

नेपाल रेडक्रस सोसाइटीको ६१औं स्थापना दिवस प्यूठानमा पनि मनाईयो

बाेम बहादुर परियार २०८० भदौ १९
८७६ पटक
२०८० भदौ १९

नेपाल रेडक्रस सोसाइटीको ६१औं स्थापना दिवस प्यूठानमा पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ । प्यूठानका विभिन्न ठाउँहरुमा फरकफरक कार्यक्रम गरि दिवस मनाईएको हो ।
दिवसको अवसरमा रक्त समुह परिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल रेडक्रस सोसाइटि प्यूठान शाखाको प्राविधिक तथा आर्थिक सहयोगमा जिवाबति सामुदायिक विपद व्यवस्थापन समिति प्यूठान नगरपालिका ३ बिजयनगरको आयोजनामा निशुल्क रगत समुह परिक्षण (ब्लड ग्रुपिङ ) कार्यक्रम मंगलबार जुम्रीमा सम्पन्न भएको छ । कार्यक्रमममा एक सय ३६ जनाले रगत समुह जाँच गरेको रक्तसञ्चार केन्द्र प्यूठानमा कार्यरत कर्मचारी अर्जुन थापा क्षेत्रीले जानकारी दिए ।

प्यूठान अस्पतालमा विरामीहरुको चाप बढेसँगै कोही पनि विरामी रगतको अभावमा मृत्यु वरण गर्न नपरोस भन्ने उद्देश्यले रगत ग्रुप पत्ता लगाउने निशुल्क शिविर कार्यक्रमको आयोजना गरिएको जिवाबति सामुदायिक विपद व्यवस्थापन समिति प्यूठान नगरपालिका ३ का अध्यक्ष हेमन्त पाठकले बताए ।

दिवसका अवसरमा भानुभक्त मा वी बर्बाेट यूवा रेडक्रस सर्कलको आयोजनामा मल्लरानी गाउपालिका मा.वी स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । ६ वटा विद्यालय सहभागि भएको कार्यक्रममा प्रथम अमर मा.वि चुजा, द्धितिय मल्लरानी ईङ्ग्लीस बोर्डिङ स्कुल खलगां र तृतिय भानुभक्त मा.वि बर्बाेट भएको छ । बिजेताहरुले क्रमश ३ हजार, २५ सय र २ हजार प्राप्त गरेका हुन ।
भानुभक्त मा.वि बर्बाेटका प्रधानाध्यापक चक्रपाणी पौडेलको अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रमको प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटी धरमपानी उपशाखाका सभापति मोती पौडेल रहेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक नायक दिपेन्द्र पौडेलले गरेका थिए ।

त्यस्तै दिवसको अवसरमा नेपाल रेडक्रस सोसाईटी बहाने उपशाखाले पनि दिर्घरोगीका विरामीहरुलाई फलफूल वितरण गर्दै दिवस मनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...