News Portal

रेडियो सुन्नुहोस्

नेपाल रेडक्रस सोसाइटीको ६१औं स्थापना दिवस प्यूठानमा पनि मनाईयो

बाेम बहादुर परियार २०८० भदौ १९
१०१४ पटक
२०८० भदौ १९

नेपाल रेडक्रस सोसाइटीको ६१औं स्थापना दिवस प्यूठानमा पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ । प्यूठानका विभिन्न ठाउँहरुमा फरकफरक कार्यक्रम गरि दिवस मनाईएको हो ।
दिवसको अवसरमा रक्त समुह परिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल रेडक्रस सोसाइटि प्यूठान शाखाको प्राविधिक तथा आर्थिक सहयोगमा जिवाबति सामुदायिक विपद व्यवस्थापन समिति प्यूठान नगरपालिका ३ बिजयनगरको आयोजनामा निशुल्क रगत समुह परिक्षण (ब्लड ग्रुपिङ ) कार्यक्रम मंगलबार जुम्रीमा सम्पन्न भएको छ । कार्यक्रमममा एक सय ३६ जनाले रगत समुह जाँच गरेको रक्तसञ्चार केन्द्र प्यूठानमा कार्यरत कर्मचारी अर्जुन थापा क्षेत्रीले जानकारी दिए ।

प्यूठान अस्पतालमा विरामीहरुको चाप बढेसँगै कोही पनि विरामी रगतको अभावमा मृत्यु वरण गर्न नपरोस भन्ने उद्देश्यले रगत ग्रुप पत्ता लगाउने निशुल्क शिविर कार्यक्रमको आयोजना गरिएको जिवाबति सामुदायिक विपद व्यवस्थापन समिति प्यूठान नगरपालिका ३ का अध्यक्ष हेमन्त पाठकले बताए ।

दिवसका अवसरमा भानुभक्त मा वी बर्बाेट यूवा रेडक्रस सर्कलको आयोजनामा मल्लरानी गाउपालिका मा.वी स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । ६ वटा विद्यालय सहभागि भएको कार्यक्रममा प्रथम अमर मा.वि चुजा, द्धितिय मल्लरानी ईङ्ग्लीस बोर्डिङ स्कुल खलगां र तृतिय भानुभक्त मा.वि बर्बाेट भएको छ । बिजेताहरुले क्रमश ३ हजार, २५ सय र २ हजार प्राप्त गरेका हुन ।
भानुभक्त मा.वि बर्बाेटका प्रधानाध्यापक चक्रपाणी पौडेलको अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रमको प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटी धरमपानी उपशाखाका सभापति मोती पौडेल रहेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक नायक दिपेन्द्र पौडेलले गरेका थिए ।

त्यस्तै दिवसको अवसरमा नेपाल रेडक्रस सोसाईटी बहाने उपशाखाले पनि दिर्घरोगीका विरामीहरुलाई फलफूल वितरण गर्दै दिवस मनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...