News Portal

रेडियो सुन्नुहोस्

सत्य मा.विले मनायो विश्व साक्षरता दिवस

बिबश जि.एम२०८० भदौ २२
९३२ पटक
२०८० भदौ २२

सत्य माध्यमिक विद्यालयले शुक्रबारीय कार्यक्रम तथा विश्व साक्षरता दिवस मनाएको छ । आज शुक्रबार सरुमारानी गाउँपालिका २ ददेरीमा रहेको सत्य माध्यमिक विद्यालयले शुक्रबारीय कार्यक्रम तथा विश्व साक्षरता दिवसको अवसरमा तीज गित प्रतियागिता तथा नृत्य गरि मनाएको हो । तीज गित प्रतियोगितमा शिक्षा साक्षरता, महिला हिंसा, लैगिंक विभेद विरुद्धको भावनामा समेटिएको बिषय हुनेपर्ने थियो ।

तीज गित प्रतियोगिता तथा नृत्य दुबै विधामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई पुरुस्कार समेत वितरण गरिएको थियो ।

सो कार्यक्रममा बोल्दै शिक्षक अभिभावक संघका अध्यक्ष अमृत प्रसाद श्रेष्ठले प्रतिभा सँगै साक्षरताको महत्वलाई बुझ्न आवश्यक रहेको बताएका विद्यालयका प्रधानाध्यापक नाराण प्रसाद पौडेलले जानकारी दिए । सहायक प्रधानाध्यापक डिलाराम पौडेलले कार्यक्रममा स्वागत मन्तव्य सँगै साक्षरता दिवसको बारेमा प्रकाश पारेका थिए ।

विद्यालयका प्रधानाध्यापक नारायाण प्रसाद पौडेलको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा शिक्षक अभिभावक संघका अध्यक्ष अमृत प्रसाद श्रेष्ठ थिए भने कार्यक्रमको सञ्चालन शिक्षक बामदेब पौडेलले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...