News Portal

रेडियो सुन्नुहोस्

सत्य मा.विले मनायो विश्व साक्षरता दिवस

बिबश जि.एम२०८० भदौ २२
७०३ पटक
२०८० भदौ २२

सत्य माध्यमिक विद्यालयले शुक्रबारीय कार्यक्रम तथा विश्व साक्षरता दिवस मनाएको छ । आज शुक्रबार सरुमारानी गाउँपालिका २ ददेरीमा रहेको सत्य माध्यमिक विद्यालयले शुक्रबारीय कार्यक्रम तथा विश्व साक्षरता दिवसको अवसरमा तीज गित प्रतियागिता तथा नृत्य गरि मनाएको हो । तीज गित प्रतियोगितमा शिक्षा साक्षरता, महिला हिंसा, लैगिंक विभेद विरुद्धको भावनामा समेटिएको बिषय हुनेपर्ने थियो ।

तीज गित प्रतियोगिता तथा नृत्य दुबै विधामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई पुरुस्कार समेत वितरण गरिएको थियो ।

सो कार्यक्रममा बोल्दै शिक्षक अभिभावक संघका अध्यक्ष अमृत प्रसाद श्रेष्ठले प्रतिभा सँगै साक्षरताको महत्वलाई बुझ्न आवश्यक रहेको बताएका विद्यालयका प्रधानाध्यापक नाराण प्रसाद पौडेलले जानकारी दिए । सहायक प्रधानाध्यापक डिलाराम पौडेलले कार्यक्रममा स्वागत मन्तव्य सँगै साक्षरता दिवसको बारेमा प्रकाश पारेका थिए ।

विद्यालयका प्रधानाध्यापक नारायाण प्रसाद पौडेलको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा शिक्षक अभिभावक संघका अध्यक्ष अमृत प्रसाद श्रेष्ठ थिए भने कार्यक्रमको सञ्चालन शिक्षक बामदेब पौडेलले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...