News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्धारी,गौमुखी यातायात सेवा प्रा लि को अधिवेशन गर्न माग

झुलेनी नेटवर्क२०८० असोज १३
७४६ पटक
२०८० असोज १३

स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.लिको अधिबेशन स्थगन गरेकोमा सदस्यहरुले विरोध गरेका छन् । नयाँ सञ्चालक समिति चुन्न पाउने सदस्यको अधिकारलाई बञ्चित गरेको उनीहरुको गुनासो छ । वर्तमान सञ्चालक समितिले कम्पनी नै धरापका पार्न लागेको उनीहरुको आरोप छ । शनिबार प्यूठान नगरपालिका ४ नयाँ बजार स्थित होटल आयुश्मामा पत्रकार सम्मेलन गरेर उनीहरुले कम्पनी अध्यावधी गरि छिटोभन्दा छिटो अधिबेशनको मिति तय गर्न सञ्चालक समितिसंग माग गरेका हुन् ।

२ सय १८ सदस्य मध्य बहुमत सदस्य भेला भएर अधिवेशनको माग गरेको सञ्चालक समितिका सदस्य हरी खड्काले बताए । २०८० साल भदौ १६ गते भएको बार्षिक साधारण सभाले आज (असोज) १३ गते अधिबेशनको मिति तय गरेको थियो । अध्यक्षले आफूखुसी असोज ११ गते सूचना टास गरेर अधिबेशन स्थगन गरेको प्रति सदस्यहरुको गुनासो रहेको खड्काले बताए ।

अधिबेशन स्थगन प्रति असहमति जनाउदै स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.लि को सदस्यबाट आफू बाहिरीने घोषणा गरेको खड्काले बताए । भेलामा सहभागि व्यवसायिका अनुसार स्वर्गद्धारी, गौमुखी सेवा प्रा.लि स्थापना देखि अहिलेसम्म प्रा.लि को लेखापरीक्षण,कम्पनी अध्यावधि नियमति हुन सकेको छैन । यसले गर्दा आफूहरुको लगानी धरापमा पर्ने चिन्ता बढेको सदस्य यामलाल श्रेष्ठले बताए ।

तत्कालिन स्वर्गद्धारी यातायात व्यबसायी समितिको २०७५ माघ १९ गते शुनिल बस्नेतको अध्यक्षतामा १९ सदस्य कार्य समिति निर्बाचित भएको थियो । पछि २०७६ जेठ १३ गते प्रा.लि मा रुपान्त्रित भएपछि बस्नेतकै अध्यक्षतामा ९ सदस्य सञ्चालक समिति बनेको छ । २ सय १८ सदस्यहरुको बैधानीक रुपमा सेयर सदस्य कायम गराउने कानुनी प्रक्रिया अधुरो भएकाले अधिबेशन स्थगन गर्न परेको स्वर्गद्धारी गौमुखी सेवा प्रा.लि का अध्यक्ष शुनिल बस्नेतले बताए । ‘सबै सदस्यहरुको सेयर प्रञ्जिकरण गरेर प्रमाण पत्र दिनेगरि काम थालेका छौ,’ बस्नेतले भने,‘त्यो काम सकिएको ३५ दिन भित्र अधिबेशन गर्ने योजना छ ।’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...