News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्धारी,गौमुखी यातायात सेवा प्रा लि को अधिवेशन गर्न माग

झुलेनी नेटवर्क२०८० असोज १३
८३७ पटक
२०८० असोज १३

स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.लिको अधिबेशन स्थगन गरेकोमा सदस्यहरुले विरोध गरेका छन् । नयाँ सञ्चालक समिति चुन्न पाउने सदस्यको अधिकारलाई बञ्चित गरेको उनीहरुको गुनासो छ । वर्तमान सञ्चालक समितिले कम्पनी नै धरापका पार्न लागेको उनीहरुको आरोप छ । शनिबार प्यूठान नगरपालिका ४ नयाँ बजार स्थित होटल आयुश्मामा पत्रकार सम्मेलन गरेर उनीहरुले कम्पनी अध्यावधी गरि छिटोभन्दा छिटो अधिबेशनको मिति तय गर्न सञ्चालक समितिसंग माग गरेका हुन् ।

२ सय १८ सदस्य मध्य बहुमत सदस्य भेला भएर अधिवेशनको माग गरेको सञ्चालक समितिका सदस्य हरी खड्काले बताए । २०८० साल भदौ १६ गते भएको बार्षिक साधारण सभाले आज (असोज) १३ गते अधिबेशनको मिति तय गरेको थियो । अध्यक्षले आफूखुसी असोज ११ गते सूचना टास गरेर अधिबेशन स्थगन गरेको प्रति सदस्यहरुको गुनासो रहेको खड्काले बताए ।

अधिबेशन स्थगन प्रति असहमति जनाउदै स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.लि को सदस्यबाट आफू बाहिरीने घोषणा गरेको खड्काले बताए । भेलामा सहभागि व्यवसायिका अनुसार स्वर्गद्धारी, गौमुखी सेवा प्रा.लि स्थापना देखि अहिलेसम्म प्रा.लि को लेखापरीक्षण,कम्पनी अध्यावधि नियमति हुन सकेको छैन । यसले गर्दा आफूहरुको लगानी धरापमा पर्ने चिन्ता बढेको सदस्य यामलाल श्रेष्ठले बताए ।

तत्कालिन स्वर्गद्धारी यातायात व्यबसायी समितिको २०७५ माघ १९ गते शुनिल बस्नेतको अध्यक्षतामा १९ सदस्य कार्य समिति निर्बाचित भएको थियो । पछि २०७६ जेठ १३ गते प्रा.लि मा रुपान्त्रित भएपछि बस्नेतकै अध्यक्षतामा ९ सदस्य सञ्चालक समिति बनेको छ । २ सय १८ सदस्यहरुको बैधानीक रुपमा सेयर सदस्य कायम गराउने कानुनी प्रक्रिया अधुरो भएकाले अधिबेशन स्थगन गर्न परेको स्वर्गद्धारी गौमुखी सेवा प्रा.लि का अध्यक्ष शुनिल बस्नेतले बताए । ‘सबै सदस्यहरुको सेयर प्रञ्जिकरण गरेर प्रमाण पत्र दिनेगरि काम थालेका छौ,’ बस्नेतले भने,‘त्यो काम सकिएको ३५ दिन भित्र अधिबेशन गर्ने योजना छ ।’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...