News Portal

रेडियो सुन्नुहोस्

धर्म संस्कृतिको संरक्षण लोकतन्त्रमा मात्रै संभवः सञ्चारमन्त्री शर्मा

झुलेनी नेटवर्क२०८० कार्तिक १६
१६७९ पटक
२०८० कार्तिक १६

सञ्चार तथा सूचना प्रविधी मन्त्री रेखा शर्माले धर्म संस्कृतिको संरक्षण लोकतन्त्रमा मात्रै संभव हुने बताएकि छिन ।

नेपाल ज्योतिष परिषद्को १८ औ राष्ट्रिय ज्योतिष तथा अध्यात्म सम्मेलन २०८० को घोराहीमा उद्घाटन गर्दै उनले धार्मिक सांस्कृतिक स्वतन्त्रतालाई लोकतन्त्रले सुनिश्चित गर्ने बताइन् ।

नेपाल धार्मिक रुपमा अत्यन्तै राम्रो सद्भाव कायम राखेर बसेको समाज रहेको बताउँदै मन्त्री शर्माले लोकतन्त्रले सबै जाति, भाषा, धर्म र संस्कृतिको संरक्षण गर्ने धारणा राखिन । ‘हामी हिन्दु, मुश्लिम, बौद्ध, ईसाई लगायत सबै धर्म मान्ने मान्छेहरु एक आपसमा मिलेर बसेका छौं’– उनले भनिन्– ‘विविधताभित्रको एकता हाम्रो पहिचान हो, यसलाई अझै समृद्ध बनाउन लोकतन्त्रले मात्रै सक्छ, निरंकुशतन्त्रमा जनताको विविधतायुक्त संस्कृतिको संरक्षण हुँदैन ।’

नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक समाजवादउन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्र मुलुक रहेको स्पष्ट गर्दै उहाँले सबै समुदायको अधिकार यसबाटै सुनिश्चित हुने बताइन् । ‘हामीले धर्मनिरपेक्ष भन्नाले सतातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रतालाई संविधानमै सुनिश्चित गरेका छौं’– मन्त्री शर्माले भनिन् ।

बेला बेलामा देशका केही स्थानमा धार्मिक सद्भाव बिथोल्ने गतिविधी हुने गरेको बताउँदै उनले सबै धर्मको सम्मान गरेर धार्मिक सद्भाव कायम गर्नु हर नागरिकको दायित्व हुने बताइन । संविधानले सुनिश्चित गरेको धार्मिक सांस्कृतिक अधिकारको संरक्षणमा सरकार दृढ रहेको पनि उनले स्पष्ट गरिन् ।

जोतिषशास्त्र गणितीय सूत्रमा आधारित विज्ञान भएकाले उल्लेख गर्दै उनले यस क्षेत्रमा अझै बढी खोज अनुसन्धान आवश्यक रहेको बताइन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...