News Portal

रेडियो सुन्नुहोस्

कानुनी उल्झनले कोदोको रक्सि ब्राण्डिङ हुन सकेन: गिरी

झुलेनी नेटवर्क२०८१ मङ्सिर ८
१४७७ पटक
२०८१ मङ्सिर ८

गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले कानुनी उल्झनका कारण गौमुखी गाउँपालिकाले अघि सारेको कोदोको रक्सी ब्राण्डिङ गर्ने कार्यक्रम कार्यन्वयनमा समस्या भएको बताएका छन्। झुलेनी नेटवर्कको विशेष सम्वादमा कुरा गर्दै गिरीले स्थानीय तहको आवश्यकता अनुसार संघ र प्रदेशले कानुनी जटिलता नफुकाउँदा कतिपय कार्यक्रम कार्यन्वयमै समस्या देखिएको बताएका हुन।

गाउँपालिकाले गत आर्थिक वर्षमा कोदोको रक्सी व्राण्डिङ्को अवधारणा लिएको थियो। तर, संघ र प्रदेशले कानुनी उल्झन नफुकाउदा कार्यन्वयनमा समस्या देखिएको गिरीले बताए ।

लुम्बिनी प्रदेश सरकारले गत आ.व.मा स्थानीय रक्सी व्राण्डीङ गर्ने निति तथा कार्यक्रम ल्याएकोमा गौमुखी गाउँपालिकाले पनि सोही आधारमा योजना निर्माण गरेको तर, सहजिकरण नभएको गिरीको भनाई छ । ‘प्रदेश सरकारले कानुनी जटिलता हटाउला भनेर काम शुरु ग¥यौं’ गिरीले भने,‘तर अस्थिर सरकारका कारण नारामा मात्रै सिमित हुन पुग्यो’ । नेतृत्व र कर्मचारी सयंन्त्रको भूमिका ठिक नभएका कारण स्थानीयको लगानी भण्डारमा थन्किएको गिरीको भनाई छ ।

नेपाली काँग्रेस प्यूठानका सभापति समेत रहेका गिरीले जिल्लाको विकास निर्माणका लागि साझा धारणाको निर्माण गर्नुपर्ने बताए । जिल्लाको विकासमा साझा धारणा निर्माण गर्न सके जिल्लाको विकास र पालिकाहरुलाई समेत काममा समेत सहज हुने बताए।

गिरीले जिल्लाका क्याम्पसहरुको उदाहरण दिँदै जिल्लामा समान प्रकृतिका क्याम्पस धेरै रहेकामा सञ्चालनमा समस्या आइरहेको औल्याए। अलग अलग फ्याकेल्टिहरु बनाएर जिल्लाका सबै सरोकारवालाले साझा धारणाका साथ गुणस्तीय शिक्षा बनाए शिक्षामा उल्लेख्य प्रगति हुने उनले बताए ।

अन्तर्वार्ताको भिडियो हेर्न लिंक क्लिक गर्नुहोस्।

गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरी सँगको अन्तर्वार्ता

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...