News Portal

रेडियो सुन्नुहोस्

तिहारको किनमेलले प्यूठानका बजारमा चहलपहल (फोटो फिचर)

झुलेनी नेटवर्क२०८० कात्तिक २४
२०६ पटक
२०८० कात्तिक २४

हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व तिहार घर आँगनमा भित्रीरहँदा बजारमा चहलपहल बढेको छ । तिहार अथवा शुभदीपावलीको शुरुवातसँगै किनमेलका लागि बजारमा मानिसहरुको चहलपहल बढ्न थालेको छ । साथै तिहार मनाउनको लागि घर फर्किनेको संख्या पनि उत्तिकै बढेको छ । तिहारको रमझम बढेसँगै जिल्लाका मुख्य बजार क्षेत्र बिजुवार, बाग्दुला लगायतका ठाउँमा तिहारका लागि सामान किनमेल गर्नेहरुको घुइँचो बढेको हो । प्यूठानका मुख्य व्यापारिक केन्द्रहरुमा यतिबेला भिडभाड छ ।

तिहारको पुर्वसन्ध्यामा किनमेलका लागि गाउँबाट बजार झरेका स्थानीयको घुइचो देखिन्छ । बैंक देखि लिएर खाद्यान्न, भाडा पसल, फेन्सी, इलेक्ट्रोनिक पसल लगायतका ठाउँमा भिडभाड छ । तिहारमा चाहिने सामग्री किनमेल गर्न निस्कनेको संख्या बढेकोले भिडभाड बढेको हो । माटाको पाला, रङ, झिलिमिलि बत्ती, फूलका माला, भाँडाकुँडा, कपडालगायत अन्य सामग्री किन्नेको भिड लागेको छ ।

प्रतिकृया दिनुहोस्

झिमरुक फाँटमा फेरियो धानको बिउ, नयाँ जात किसानको रोजाइ

प्यूठानको झिमरुक फाँटमा यतिवेला धानको बिउ राख्न किसानलाई भ्याइनभ्याइ छ । गहुँबाली भित्र्याइसकेपछि किसान धान...

दलित मुक्तिको बिषयमा बैचारीकधार विषयक कार्यशाला गोष्टि जुम्रीमा सम्पन्न

नेपाली राज्यसत्ताको वर्गिय जातीय चरित्र र मुक्तिको बैचारीकधार विषयक एकदिने कार्यशाला गोष्ठि आज जुम्रीमा सम्पन्न...

सरुमारानीले दियो किसानको लागि मकैको बिउ रोप्ने ज्याक प्लान्ट उपकरण

सरूमारानी गापा ४ मा रहेको ऐरावती बहुउद्देश्यीय साना किसान सहकारी संस्थाका ५५ जना सदस्य तथा...

किसानको गोठमै पुगेर बाँझोपन भएका गाई भैंसीलाई सुई

गाई भैैसीमा बाँझोपन निवारण गर्नको लागि डोर टु डोर कार्यक्रम प्यूठानमा सञ्चालन भएको छ ।...

आगलागीको आरोपमा प्यूठानमा थप २ जना पक्राउ

आगलागीको आरोपमा प्यूठानमा थप २ जना पक्राउ परेका छन् । यो सँगै पक्राउ पर्नेको संख्या...