News Portal

रेडियो सुन्नुहोस्

संस्कृतिको संरक्षणमा सारीः २०८० को उत्कृष्ट देउसी भैलोलाई सम्मान

बिबश जि.एम२०८० मंसिर ८
११३८ पटक
२०८० मंसिर ८

आधुनिकता भित्रिएपछि पछिल्लो समय देउसी भैलोको नाममा स्पिकर लगायतका साधनहरुमा गितहरु बजाएर मनोरञ्जन गर्ने प्रचलन बढ्दै गएको छ । जसले गर्दा हाम्रा परम्परागत मौलिक देउसी भैलोहरु ओझेलमा पर्न थालेका छन् भने पुराना संस्कृति नयाँ पुस्तामा हस्तान्तरण हुन सकेका छैनन् ।

पुराना कला संस्कृतिलाई जगेर्ना गर्न स्वर्गद्धारी नगरपालिका ५ सारीेले देउसी भैलोलाई शुक्रबार सम्मान गरेको हो । सारीले आफ्नो वडामा मौलिक देउसी भैलोलाई जागाउन भैलो समूहहरुलाई प्रोत्साहन गरेको वडाध्यक्ष गिर बहादुर घर्ति मगरले जानकारी दिए । यस बर्ष तिहारमा खेलिएको देउसी भैलोमा स्थानिय कला, संस्कृति र मौलिकता झल्कालाई प्रस्तुत गरेको भन्दै उत्कृष्ट २ समुहलाई वडाले नगद सहित प्रमाणपत्रले सम्मान गरेको अध्यक्ष घर्तिले बताए ।

वडा समितीको बैठकले पुराना मौलिक कला, संस्कृति सहितका देउसी भैलो कार्यक्रमहरु लोप हुँदै जादा देउसी भैलोको मर्म नै मेटिन सक्ने भन्दै सो निर्णय गरेको थियो । वडाको यो निर्णयले नागरीक उत्साहित हुने र नयाँ पुस्तामा पनि पुराना पुस्ताको कला, संस्कृति प्रति आकर्षण बढ्दा यसलाई जोगाउन मद्दत मिल्ने अध्यक्ष घर्तिको विश्वास छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...