News Portal

रेडियो सुन्नुहोस्

बुबाको सम्झनामा अक्षयकोष स्थापना

झुलेनी नेटवर्क२०८० मंसिर १३
६९२ पटक
२०८० मंसिर १३

सरुमारानी गाउँपालिका –२ स्थित सत्य माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिने भएको छ । स्वर्गीय बुबा सत्यमोहन अमात्यको सम्झनामा १ लाख १ हजार ५ रुपैयाँको अक्षयकोष स्थापना गर्ने सोही विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष छोरा इन्द्रमोहन अमात्य तथा स्थानीय व्यवसायी विशाल मोहन अमात्यले घोषणा गरेका छन् । मंगलबार १३ औं दिनको शुद्ध शान्ति गरिसकेपछि यस्तो घोषणा गरेको सत्य माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण पौडेलले जानकारी दिए । उनका अनुसार अब केही दिनमा विद्यालय व्यवस्थापन समिति अध्यक्षसहितको बैठक बसी सोही अक्षयकोषको कार्यविधि बनाउने तयारी छ ।

स्वर्गीय सत्यमोहन अमात्यको यहि मंसिर १ गते मोटरसाईकलको ठक्करबाट मृत्यु भएको थियो । स्वर्गीय अमात्य उक्त विद्यालयका पूर्व शिक्षक समेत रहेको विद्यालयका प्रधानाध्यापक पौडेलले जानकारी दिए । साथै शोकको समयमा पनि अनुकरणीय र प्रशंसनिय कार्य गरेको भन्दै अमात्यप्रति विद्यालयको तर्फबाट धन्यवाद दिंदै यस्ता सकारात्मक काम सबैले सिक्नुपर्ने प्रधानाध्यापक पौडेलको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...