News Portal

रेडियो सुन्नुहोस्

बुबाको सम्झनामा अक्षयकोष स्थापना

झुलेनी नेटवर्क२०८० मंसिर १३
६०९ पटक
२०८० मंसिर १३

सरुमारानी गाउँपालिका –२ स्थित सत्य माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिने भएको छ । स्वर्गीय बुबा सत्यमोहन अमात्यको सम्झनामा १ लाख १ हजार ५ रुपैयाँको अक्षयकोष स्थापना गर्ने सोही विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष छोरा इन्द्रमोहन अमात्य तथा स्थानीय व्यवसायी विशाल मोहन अमात्यले घोषणा गरेका छन् । मंगलबार १३ औं दिनको शुद्ध शान्ति गरिसकेपछि यस्तो घोषणा गरेको सत्य माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण पौडेलले जानकारी दिए । उनका अनुसार अब केही दिनमा विद्यालय व्यवस्थापन समिति अध्यक्षसहितको बैठक बसी सोही अक्षयकोषको कार्यविधि बनाउने तयारी छ ।

स्वर्गीय सत्यमोहन अमात्यको यहि मंसिर १ गते मोटरसाईकलको ठक्करबाट मृत्यु भएको थियो । स्वर्गीय अमात्य उक्त विद्यालयका पूर्व शिक्षक समेत रहेको विद्यालयका प्रधानाध्यापक पौडेलले जानकारी दिए । साथै शोकको समयमा पनि अनुकरणीय र प्रशंसनिय कार्य गरेको भन्दै अमात्यप्रति विद्यालयको तर्फबाट धन्यवाद दिंदै यस्ता सकारात्मक काम सबैले सिक्नुपर्ने प्रधानाध्यापक पौडेलको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...