एउटा सर्वहारा बर्गीय दर्शन सिद्धान्त र कार्य दिशामा आस्था र निष्ठा राख्दै लक्ष्यमा पुग्ने आकांक्षा राखेको एउटा मान्छे चढ्दै गरेको उकालो मेटिए पछि र घुम्दै गरेको घुम्ती मेटिएपछि फेरि उसलाई बाध्य बनायो परिवेशले अब उसले फेरि अर्को सपना देख्दै छ जीवन जगत परिर्वतनसिलको आलोकमा।
घोडा चढ्ने लोट्न सक्छ, रुख चढ्ने पछारिन सक्छ तर उसले फेरि साहस गर्छ लोट्नु, पछारिनु, लक्ष्यमा पुग्न नसक्नु तै पनि थुप्रै विकल्प मध्ये एउटा विकल्प रोज्नु छ, उसलाई। ओझेलमा परेका उसका सपनाका जगमा, अब उसले एउटा गन्तब्य पहिल्याउन पर्छ। ऊ निर्भिक निर्वाध रुपले अगाडि बढ्नुपर्छ। समाज विकासमा भएका परिर्वतनको लेखाजोखा गर्दै र युगले भित्राएको विज्ञान र प्रविधिलाई आत्मसाथ गर्दै अगाडि बढ्दै अगाडी जाने हो भने अबश्य सपना साकार हुन्छ भन्ने दृढ विश्वासका साथ त्यो मान्छे अगाडि —अगाडि लम्किरहेको छ। थुप्रै अप्ठेराहरु थुप्रै चुनौतिहरु उसका अगाडि तेस्रिएका छन्। कतिपयले असम्भव ,उसका पाइला अगाडि बढ्न ग्राहै छ भन्ने गरेका छन्। कुनै –कुनैले त खिसिटिउरी गरेका छन्। लाल बुझक्कडहरुले त तथानाम सत्तो सराप नै गरेका छन्।
भनिन्छ “झिँगोको सरापले डिँगो मर्दैन” त्यस्तै हो त्यो मान्छेले बुझेको छ। त्यो मान्छे धेरै पटक वर्ग संर्घषको भट्टीमा खारिएको छ। वर्ग दुश्मनीले के भन्छन् र के गर्दछन् के बुझ्छन र त्यो पनि त्यो मान्छेलाई थाहा छ। उसलाई निरुत्साहित गर्न खोजिएको बाट उसलाई उर्जा मिलेको छ।
भनिन्छ “झिँगोको सरापले डिँगो मर्दैन” त्यस्तै हो त्यो मान्छेले बुझेको छ। त्यो मान्छे धेरै पटक वर्ग संर्घषको भट्टीमा खारिएको छ। वर्ग दुश्मनीले के भन्छन् र के गर्दछन् के बुझ्छन र त्यो पनि त्यो मान्छेलाई थाहा छ। उसलाई निरुत्साहित गर्न खोजिएको बाट उसलाई उर्जा मिलेको छ। त्यो मान्छे हँसिलो खुसिलो हुँदै धपधप बोलेको तेजस्वी अनुहारमा आफ्नो बाटोमा अगाडि बढ्दै गएको छ। उ आफु माथि कटाक्ष गर्ने प्रति तिखाएको छ। भो !भो ! नआत्तिनु भो !भो ! नअल्झिनु कुरो बुझेपछि तपाई हामी एउटै हुने हो भन्दै सान्त्वनाका केहि शब्दहरु बरु उसले प्रक्षेपण गरेको छ।
त्यो मान्छेको कोही कुनै सँग रिसराग छैन। सरापनेहरु प्रति सहानुभूति प्रकट गर्दै आकाश भन्दा फराकिलो छाति सँग त्यो मान्छे अगाडि बढेको छ। राष्ट्रिय एकतालाई मुटु बनाएको त्यो मान्छे, समाज रुपान्तरणको राको बोकेको त्यो मान्छे, दलाल शोषक, भुस्याह र कमिसन खोरको गोलचक्करमा फसेको देशको मुक्तिको लागि कम्मर कसेको त्यो मान्छे विचलित छैन। त्यो मान्छे निरन्तर आफ्नो गन्तब्य स्थानमा पुग्ने अठोटका साथ अगाडि बढेको छ। बरु उसलाई साथ दिनुस्। उसका अधुरा सपना केवल उसका मात्र होइनन् हामी सबैका अधुरा सपना सबैको यति ठूलो अन्तराल सम्म अधुरै रहे। हामी अलमलमा पर्यौं, भुलभुलैयामा अल्झियौं, कुनैले हामीलाई ललिपप देखायो र हामी सम्झौतामा फस्यौं।
हामी धेरै पटक सम्झौतामा फस्यौं हामी वि.स २००७ सालमा पस्यौं ,वि.स २०३६ सालमा फस्यौं, वि.स २०४६ सालमा फस्यौं र वि.स २०६३ सालमा फस्यौं। हामीलाई सम्झौताले खायो। हामीले हाम्रो बाटो बिरायौं। अब पटक पटकका सम्झौताको दाह संस्कार गर्न र जनताको मुक्तिको निम्ति , राष्ट्रिय एकताको निम्ति , समाजमा देखिएका असमानता र अन्तरविरोध हल गर्नका निम्ति, तमाम खाले भेदभाव अन्त्यको निम्ति, बिरोजगारी अन्त्यको निम्ति, समृद्ध देश बनाउनको निम्ति , साम्राज्यवाद र विस्तारवादबाट मुक्तिको निम्ति सबै तह र तप्कामा आवद्ध जनसमुदायलाई गोलबन्द गर्दै आग्रह र पुर्वाह परित्याग गर्दै अगाडि बढ्दै गरेको त्यो मान्छेलाई लाल सलाम !