News Portal

रेडियो सुन्नुहोस्

पर्यटन विकास र गौमुखी मिडिया सम्मेलन

जायश्वर जैसी
२७२८ पटक

विषय प्रवेश
प्यूठान जिल्ला सङ्घीय नेपालको प्रदेश नं. ५ मा पर्ने एउटा सुन्दरताले भरिपूर्ण पहाडी जिल्ला हो । यही जिल्लाको उत्तर–पूर्वमा पर्ने गौमुखी गाउँपालिका प्राकृतिक, ऐतिहासिक र साँस्कृतिक सुन्दरताले सुसज्जित गाउँपालिका हो । जिल्लाका अन्य स्थानीय तह भन्दा भौगोलिक एवम् अन्य हिसाबले विकट र दुर्गम मानिन्छ । विकासको सूचाङ्कबाट हेर्दा यो गाउँपालिका निकै नै पछाडि छ । प्राकृतिक र साँस्कृतिक रूपमा निकै माथि रहेको यो ठाउँको प्रचार–पसार र व्यवस्थापनको अभावमा ओझेलमा परेको छ । गौमुखी गाउँपालिका (गौमुखी क्षेत्र) भित्र विभिन्न धार्मिक, ऐतिहासिक, प्राकृतिक, साँस्कृतिक पर्यटकीय स्थलहरू रहेका छन् । यस क्षेत्रको धार्मिक एवम् प्राकृतिक तीर्थस्थलमध्येको गौमुखी मुख्य पर्यटकीय स्थल हो । जिल्लाको स्वर्गद्वारीपछिको धार्मिक÷पर्यटकीय स्थल भनेको गौमुखी हो । देशको पर्यटकीय गन्तव्यमध्ये एउटा गन्तव्य बन्न सक्ने प्रबल सम्भावना बोकेको ठाउँ गौमुखी हो । गौमुखी क्षेत्रको पर्यटन प्रवद्र्धन र विकासका लागि राष्ट्रिय रूपमा प्रचार–प्रसार गर्न र राज्यको ध्यान केन्द्रित गर्नको लागि यही मंसिर १४ र १५ गतेका दिन गौमुखी गाउँपालिका वडा नं. २ अर्खामा राष्ट्रिय मिडियामा कार्यरत पत्रकार, पर्यटन मन्त्री, विज्ञहरू र जिल्लाबासीहरूको संयुक्त उपस्थितिमा मिडिया सम्मेलनको चर्चा हुँदै गर्दा यस मिडिया सम्मेलनमा उठ्नुपर्ने र उठाउने प्रस्ताव(एजेण्डा)हरूको बारेमा यस आलेखमा चर्चा गर्ने प्रयास गरिएको छ ।

के हो गौमुखी मिडिया सम्मेलन ?
आजको दुनियाँ भनेको सूचना तथा सञ्चार प्रविधिको दुनियाँ हो । सूचना र सञ्चारमा जुन व्यक्ति, संस्था वा निकाय अगाडि छ, त्यसको विकासको गति पनि अगाडि रहेको तथ्यलाई हामीले नकार्न मिल्दैन । सूचना प्रविधिको अत्यधिक विकासले सारा विश्वलाई नै एउटा कोठामा बसेर सारा विश्व चिहाउने व्यवस्था सञ्चार प्रविधिले गरेको छ । गौमुखी मिडिया सम्मेलन मुलतः देशभरका मिडिया हाउसमा कार्यरत पत्रकारहरूको जमघट हो । मुख्य रूपमा गौमुखी धार्मिक तीर्थस्थल र गौमुखी क्षेत्रमा रहेका अन्य पर्यटकीय स्थान र वस्तुहरूको राष्ट्रिय रूपमा प्रचार–प्रसार गर्ने र आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुराउनको लागि मिडिया सम्मेलन हो र हुनु पनि पर्छ । पर्यटन प्रवद्र्धनका लागि सरोकारवालाको मिलनको लागि गौमुखी मिडिया सम्मेलन हो । पर्यटनको क्षेत्र र विकासमा पछाडि पारिएको गौमुखी क्षेत्रको पर्यटन सहित समग्र विकासको लागि मन्त्री र मननीयहरूको उपस्थितिमा राज्यलाई घच्घच्याउने र राज्यको आँखा खोलिदिनको लागि दबाब गौमुखी मिडिया सम्मेलन हो । गौमुखी क्षेत्रलाई देशकै नमुना क्षेत्र बनाउनको लागि सरोकारवाला सबैले संकल्प गर्ने थलो पनि यो मिडिया सम्मेलन हो । गौमुखी क्षेत्रमा रहेका कला, संस्कृति, प्राकृतिक सम्पदा, स्थानीय उत्पादन, यहाँको शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, यहाँको भूगोल, वन्यजन्तु, जडिबुटी, बनजङ्गल, जनताको जीवन स्तर र आय स्रोत, यस क्षेत्रको मुख्य समस्या लगायतको जानकारी गराउने र व्यापक छलफल गरी समाधान खोज्न तथा यस क्षेत्रको विकास गर्न सरोकारवाला सबैलाई दबाब र उत्प्रेरणा पैदा गर्ने माध्यमका रूपमा गौमुखी मिडिया सम्मेलन हो ।

पर्यटनको क्षेत्र र विकासमा पछाडि पारिएको गौमुखी क्षेत्रको पर्यटन सहित समग्र विकासको लागि मन्त्री र मननीयहरूको उपस्थितिमा राज्यलाई घच्घच्याउने र राज्यको आँखा खोलिदिनको लागि दबाब गौमुखी मिडिया सम्मेलन हो ।


गौमुखी विकास र पर्यटन
विकासको एउटा आधार पर्यटन हो । गौमुखी क्षेत्रको विकासका लागि पर्यटन मुख्य आधार बन्न सक्ने सम्भावना प्रबल छ । त्यसको लागि एकीकृत पर्यटन विकासको गुरुयोजना बनाउनु अपरिहार्य छ । यस्तो खालको योजना बनाउने, चिन्तन मनन् गर्ने, विकास प्रेमी, सत्य निष्ठा र आचार व्यवहार भएको, समुदायप्रति सदा सर्बदा समर्पित, क्षमतावान्, र योग्य नेतृत्वको आवश्यकता हुन्छ । गौमुखी क्षेत्रमा त्यस्तो खालको नेतृत्वको अभाव छ । भएकाहरू विभिन्न कारणले भूमिकाविहिन र बाहिर रहेका छन् । यो सबैले ध्यान दिने विषय नै हो ।
गौमुखी क्षेत्र विकासको लागि गौमुखी गाउँपालिकामा गौमुखी धार्मिक तीर्थस्थल छ भनेर मात्रै हुदैन । गौमुखीको दर्शन गर्न मात्रै पर्यटकहरू आउने सम्भावना पनि कमै हुन्छ । स्वर्गद्वारी आउने पर्यटकलाई अनिवार्य रूपमा गौमुखी गई दर्शन गर्नै पर्छ भन्ने मान्यता स्थापित गर्न नितान्त जरुरी छ प्यूठान जिल्लामा । भालुवाङदेखि भिमगिठेसम्मको बाटोलाई सम्पन्न गर्न छिटो पहल गर्नुपर्छ । यो त्रिदेशीय राजमार्ग निर्माण भएपछि मात्रै गौमुखी क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न सजिलो हुन सक्छ । स्वर्गद्वारी–गौमुखी–ढोरपाटन हुँदै पोखरासम्मको लिङ्क जोड्न सक्ने हो भने गौमुखी र गौमुखी क्षेत्रमा पर्यटनको विकास एकीकृत रूपमा गर्न सकिन्छ अनि मात्र वर्षमा हजारौँ पर्यटकहरू भित्राउन सकिने छ ।

गौमुखीको दर्शन गर्न मात्रै पर्यटकहरू आउने सम्भावना पनि कमै हुन्छ । स्वर्गद्वारी आउने पर्यटकलाई अनिवार्य रूपमा गौमुखी गई दर्शन गर्नै पर्छ भन्ने मान्यता स्थापित गर्न नितान्त जरुरी छ प्यूठान जिल्लामा । भालुवाङदेखि भिमगिठेसम्मको बाटोलाई सम्पन्न गर्न छिटो पहल गर्नुपर्छ । यो त्रिदेशीय राजमार्ग निर्माण भएपछि मात्रै गौमुखी क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न सजिलो हुन सक्छ ।

गौमुखी आएका पर्यटकहरूलाई गौमुखी क्षेत्रभित्र रहेका अन्य प्राकृतिक एवम् साँस्कृतिक सम्पदाहरूको अनिवार्य अवलोकन गर्नै पर्ने एकीकृत योजनाको विकास गर्नुपर्छ । गौमुखी दर्शन गर्न आएका पर्यटकलाई यस क्षेत्रमा रहेका प्राकृतिक सम्पदाहरू अर्खाको बाइसमूल झरना, नाङ्गी लेक, आर्खामा रहेको ताल, रजवारामा रहेको झाँक्रीढुङ्गा, पुजा तामाखानी, खुङको गुफा, नारीकोट देउराली, पुजा गोद्रेचौरबाट देखिने मनोरम दृष्य, पुजा तारेभिर तथा जुपाल धुरीमा देखिने लाली गुँरास फुलेको ढकमकीपन, गौमुखीबाट वग्ने सुस्साउदो पानी, यस क्षेत्रमा रहेका खोला तथा झरना लगायतका स्थानहरूको अनिवार्य अवलोकन गर्ने प्रबन्ध मिलाउनु पर्छ । यस्तै अर्खाका लाटा तथा अन्य नाचहरू, रजवाराको सरायँ नाच, पुजाको मष्ट पुजा, यस क्षेत्रमा रहेका अन्य कूलपुजाहरू, यहाँ खेलिने देउँसी–भैलो लगायतका ऐतिहासिक एवम् साँस्कृतिक कला र संस्कृतिहरूलाई व्यवस्थित गर्ने हो भने पर्यटकहरूको आकर्षण गौमुखी क्षेत्रले खिच्न सक्छ । त्यस्तै अर्खा र रजवाराका लघु जल विद्युत आयोजनाका साथै राताम्मै यहाँका जङ्गलमा फुल्ने लालीगुँरास र वन्यजन्तुसँग पर्यटकलाई रम्ने–रमाउने वातावरणको सिर्जना गर्ने हो भने अवश्य पर्यटकको गन्तव्य गौमुखी र गौमुखी क्षेत्र बन्न सक्छ ।

गौमुखी विकास र पूर्वाधार निर्माण
जतिसुकै राम्रा–राम्रा एवम् सुन्दरताले भरिपूर्ण प्राकृतिक, साँस्कृतिक लगायत अन्य सम्पदाहरू भए पनि पूर्वाधारको विकास विना पर्यटकको आकर्षण बन्न सक्दैन । विश्वका र नेपालका पर्यटकीय क्षेत्रहरू हेर्ने हो भने पनि जहाँ–जहाँ पूर्वाधारको विकास पूर्ण छ त्यहाँ–त्यहाँ पर्यटकको घुइँचो देखिन्छ । प्राकृतिक र साँस्कृतिक रूपमा जति नै राम्रो भए पनि पूर्वाधारको विकास छैन भने त्यहाँ पर्यटक जान सक्दैनन् र मान्दैनन् पनि । त्यस्ता ठाउँहरू सुन्दर र हेर्नै पर्ने ठाउँ र वस्तुहरू भए पनि ओझेलमा नै रहेका हुन्छन् । गौमुखी र यस क्षेत्रको विकास र पर्यटनको आकर्षणको केन्द्रबिन्दु बनाउने हो भने सबैभन्दा पहिले पर्यटन पूर्वाधारको विकास गर्न जरुरी छ ।

गौमुखी क्षेत्रभित्र सडक सञ्जाललाई रिङरोडको रूपमा विकास गर्नुपर्छ । नारीकोट देउराली हुँदै खुङ गुफा अनि अग्लुङ हुँदै अर्खाको गौमुखीसँगै बाइसमूल झरना अनि रजवारा झाँक्रीढुङ्गा हुँदै पुजा तामाखानीबाट जुपाल–तारेभिरसँगै गोद्रेचौरमा बसेर माछापुच्रे र धौलागिरी हिमालको मनोरम दृष्य पर्यटकलाई देखाउँदै लिवाङ हुँदै ठूलावेसीसम्म गौमुखी रिङरोड निर्माण गरी बीचबीचमा रिङ रोड जोड्ने शाखा रोडको व्यवस्था गर्ने हो भने गौमुखी क्षेत्रको सडक सञ्जाल पनि नमुना बन्न सक्छ । लाखौँ रूपैयाँ खर्च गरेर निर्माण गरिएको पर्यटन पैदल मार्गलाई पूर्णता र व्यवस्थित गर्नुपर्छ ।

गौमुखीमा पर्यटनको विकास गर्ने हो भने सबैभन्दा पहिले गौमुखी धार्मिक तीर्थस्थलसम्म राम्रो र फराकिलो सडक निर्माण गर्नुपर्छ र यसलाई छिटोभन्दा छिटो पक्की गर्नेतिर ध्यान दिनुपर्छ । अर्कोतर्फ भालुवाङ–भिमगिठे सडक निर्माण कार्यलाई पनि तत्कालै पूर्णता प्रदान गर्नेतर्फ ध्यान दिनैपर्छ । गौमुखी क्षेत्रभित्र सडक सञ्जाललाई रिङरोडको रूपमा विकास गर्नुपर्छ । नारीकोट देउराली हुँदै खुङ गुफा अनि अग्लुङ हुँदै अर्खाको गौमुखीसँगै बाइसमूल झरना अनि रजवारा झाँक्रीढुङ्गा हुँदै पुजा तामाखानीबाट जुपाल–तारेभिरसँगै गोद्रेचौरमा बसेर माछापुच्रे र धौलागिरी हिमालको मनोरम दृष्य पर्यटकलाई देखाउँदै लिवाङ हुँदै ठूलावेसीसम्म गौमुखी रिङरोड निर्माण गरी बीचबीचमा रिङ रोड जोड्ने शाखा रोडको व्यवस्था गर्ने हो भने गौमुखी क्षेत्रको सडक सञ्जाल पनि नमुना बन्न सक्छ । लाखौँ रूपैयाँ खर्च गरेर निर्माण गरिएको पर्यटन पैदल मार्गलाई पूर्णता र व्यवस्थित गर्नुपर्छ । गौमुखीमा पर्यटनको विकासको लागि यस क्षेत्रमा आउने पर्यटकहरूको लागि ठाउँ–ठाउँमा सुविधा सम्पन्न खाना बस्नको लागि आधुनिक होमस्टे एवम् होटलहरू सञ्चालन गर्नुपर्छ । पर्यटकहरूको इच्छाअनुसार खाना र बस्नको उचित व्यवस्था मिलाउनु पर्दछ । यस क्षेत्रका गौमुखी लगायतका पर्यटकीय स्थानहरूमा पर्यटकहरूको विश्रामका लागि प्रतीक्षालय र पार्कहरूको निर्माण गर्नुपर्छ । पर्यटकहरू विरामी परे उपचारको लागि लिवाँसे स्वास्थ्य चौकीलाई डाक्टर सहितको सुविधायुक्त हस्पिटलको रूपमा विकास गर्नुपर्छ । गौमुखीमा रहेका प्राकृतिक र साँस्कृतिक सम्पदा बाहेक पनि विभिन्न क्षेत्रहरूका नमुनायुक्त जुन चिज नमुनाको रूपमा हेर्न पर्यटकहरू आउन लायक होउन् त्यस्ता वस्तुहरू निर्माण पनि गर्नुपर्छ । कम्तिमा पनि पूर्वाधारका यी कार्य गर्ने हो भने गौमुखी क्षेत्रमा पर्यटनको विकास सम्भव हुन सक्छ ।

पर्यटन विकास र स्थानीय उत्पादनको प्रवद्र्धन
गौमुखी र यस क्षेत्रमा पर्यटक भित्राएपछि सबैकुराको विकास भैहाल्छ र पैसा पनि प्राप्त भई नै हाल्छ भन्ने हुदैन । त्यसको लागि पर्यटकको पैसा प्राप्त गर्न उनीहरूलाई हाम्रा उत्पादनहरू अनिवार्य बेच्नुपर्छ । त्यस्ता उत्पादनहरूको प्रवद्र्धन संस्थागत र व्यक्तिगत रूपमा व्यवस्थित गनुपर्छ । गौमुखी क्षेत्रमा उत्पादन हुने मुख्य अन्नबाली कोदो, मकैबाट बन्ने खानाका परिकारहरू, साग र सिस्नुका परिकारहरू, लोकल कुखुराका परिकारहरू, लोकल खसी, बोकाका परिकारहरू, अर्खा–रजवारमा उत्पादन हुने वर्षे आलु र पुजामा उत्पादन हुने हिँउदे आलुका परिकारहरू, यहाँ उत्पादित दही, घिउ, दुध, स्थानीय लसुन–प्याजहरू, कोदो र मकैको आटोपिठोलाई व्यवस्थित र अर्गानिक रूपमा उत्पादन गरी पर्यटकको हातमा अनिवार्य पर्ने वातावरणको सिर्जना गर्नुपर्छ । कोदोबाट बन्ने लोकल सक्सीलाई व्यवस्थित र राज्यको दायरामा ल्याई बजारबाट आउने सम्पूर्ण सक्सीका आइटमलाई पूर्ण रूपमा निरुत्साहित गरी यहीँ उत्पादन हुने कोदाको रक्सीलाई ब्राण्डेट रक्सी उद्योगको रूपमा विकास गर्न अनिवार्य छ । जसले गर्दा हाम्रो पैसा हामीसँग रहने र अरुको पैसा हामीकहाँ आउन सक्छ । त्यस्तै अल्लो(चाल्ने सिस्नु) बाट बन्ने सामग्रीहरू उत्पादन गर्न पनि जरुरी छ । खराको रातोमाटोलाई निकाल्ने व्यवस्था गर्नुपर्छ । पुजामा बनाइने सिलौटा, आरनबाट बनाइने खुकुरी, बाँसका उपयोगी सामग्रीहरूलाई मूल्यवान र व्यवस्थित गराउनुपर्छ अनि पर्यटकलाई बेच्नुपर्छ । यस क्षेत्रमा उत्पादन हुने जडिबुटी र घर तथा वन तरुललाई पनि व्यवस्थित गर्ने हो भने यस क्षेत्रको राम्रो आम्दानीको स्रोत बन्न सक्छ । यी लगायतका अन्य स्थानीय उत्पादनहरूलाई एकीकृत र व्यवस्थित गर्नु ध्यान दिनुपर्छ ।

कोदोबाट बन्ने लोकल रक्सीलाई व्यवस्थित र राज्यको दायरामा ल्याई बजारबाट आउने सम्पूर्ण रक्सीका आइटमलाई पूर्ण रूपमा निरुत्साहित गरी यहीँ उत्पादन हुने कोदाको रक्सीलाई ब्राण्डेट रक्सी उद्योगको रूपमा विकास गर्न अनिवार्य छ । जसले गर्दा हाम्रो पैसा हामीसँग रहने र अरुको पैसा हामीकहाँ आउन सक्छ । त्यस्तै अल्लो(चाल्ने सिस्नु) बाट बन्ने सामग्रीहरू उत्पादन गर्न पनि जरुरी छ ।

निष्कर्ष
भौगोलिक रूपमा विकट र दुर्गम भए पनि गौमुखी क्षेत्र विकासको लागि पर्यटन एउटा बलियो आधार बन्न सक्छ । विकासको प्रमुख पक्ष आन्तरिक नै हो । प्रचार गर्दैमा सबै कुराको विकास भइहाल्छ भन्ने पनि हुदैन । यसको लागि दूरदर्शी योजना र आधारको विश्लेषण गर्न जरुरी हुन्छ । यो मिडिया सम्मेलन गौमुखी पर्यटन विकासको लागि सुरुवाती चरण पक्कै बन्न सक्छ । मिडिया सम्मेलन औपचारिकता र रमाइलोको रूपमा सम्पन्न गरिनु हुदैन । लाखौँ रुपैँया खर्चको प्रतिफल यहाँका जनतालाई आयोजकले दिनै पर्ने छ । गौमुखी क्षेत्रको प्राकृतिक र साँस्कृतिक सुन्दरतालाई व्यवस्थित गरी हजारौँको सङ्ख्यामा वर्षेनी पर्यटक भित्राउने योजनालाई मुर्त गर्नुपर्छ । स्वर्गद्वारी–गौमुखी–ढोरपाटनलाई एकीकृत पर्यटन विकासको गुरुयोजना सहित यहाँको नेतृत्वले सम्बन्धित ठाउँमा समन्वय गर्नुपर्छ ।

विकासको प्रमुख पक्ष आन्तरिक नै हो । प्रचार गर्दैमा सबै कुराको विकास भइहाल्छ भन्ने पनि हुदैन । यसको लागि दूरदर्शी योजना र आधारको विश्लेषण गर्न जरुरी हुन्छ । यो मिडिया सम्मेलन गौमुखी पर्यटन विकासको लागि सुरुवाती चरण पक्कै बन्न सक्छ । मिडिया सम्मेलन औपचारिकता र रमाइलोको रूपमा सम्पन्न गरिनु हुदैन ।

यस क्षेत्रको पर्यटन विकासको लागि सबैभन्दा पहिले भौतिक पूर्वाधारको निर्माणलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । यहाँ उत्पादन हुने सबै उत्पादित वस्तुहरूको एकीकृत रूपमा संकलन गरी विभिन्न ठाउँमा वितरण गर्ने प्रबन्ध गर्नुपर्छ । यसको लागि गौमुखी क्षेत्रमा आउने बजेटलाई वितरण होइन उत्पादन कार्यमा जोड्नै पर्छ । यी सबै कुरालाई व्यवस्थित गर्न दृढ इच्छा शक्ति र आर्थिक तथा प्राविधिक योजना यहाँको नेतृत्वमा हुन जरुरी छ । सबै कुरालाई व्यवस्थित गर्न सक्ने हो भने गौमुखीको विकासको लागि पर्यटन प्रमुख आधार अवश्य बन्ने छ । गौमुखी मिडिया सम्मेलनले माथि उल्लेखित कुरालाई राज्यको आँखासम्म पक्कै पु¥याउने छ । धन्यवाद । २०७५/०८/०७

 

लेखक; शिक्षक, गौमुखी माध्यमिक विद्यालय
गौमुखी गाउँपालिका–५ ठूलाबेसी, प्यूठान

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...