News Portal

रेडियो सुन्नुहोस्

लागु पदार्थ दुव्र्यसनी सचेतना कार्यक्रम शारदा आधारभूत विधालयमा

बिबश जि.एम२०८० पुस २४
५६६ पटक
२०८० पुस २४

लायन्स संस्थापक ला.मेल्विन जोन्सको १४८ औं जन्मोत्सवको अवसरमा लागू पदार्थ विरुद्ध सचेतना कार्यक्रम शारदा आधारभूत विधालयमा भएको छ । मंगलबार प्यूठान नगरपालिका ३ सापडाँडा स्थित शारदा आधारभूत विधालयका ८ र ९ कक्षाका बिधार्थीहरुलाई लायन्स क्लब अफ प्यूठानको आयोजना तथा ईलाका प्रहरी कार्यालय बिजुवारको समन्वयमा लागु पदार्थ दुव्र्यसनी सम्बन्धी सचेतना मुलक कार्यक्रम भएको हो ।प्यूठान नगरपालिका ३ का वडाध्यक्ष सुमनराज श्रेष्ठले यस्ता कुराहरु सिक्न आवश्यक रहेको बताए । साथै महत्वपूर्ण कार्यक्रमको लागि लायन्स क्लब अफ प्यूठान र ईलाका प्रहरी कार्यालय बिजुवारलाई धन्यवाद समेत दिए ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय बिजुवारका प्रहरी निरीक्षक मनोज सिह बोहराले लागू पदार्थले पार्ने असर, त्यसको बेफाइदा, लागू पदार्थबाट बच्ने उपाय लगायतको बारेमा जानकारी गराएका थिए ।

लायन्स क्लब अफ प्यूठानका रिजन पर्सन अर्जुन कुमार कक्षपतीले आफूले सिकेका कुरा आफुसँग मात्र सिमित नराखेर घरपरिवार सँगै गाउँसमाजमा समेत बुझाउन आग्रह गरे । लायन्स क्लब अफ प्यूठानका अध्यक्ष झविन्द्र शर्माको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्यूठान नगरपालिका ३ नं वडाध्यक्ष सुमनराज श्रेष्ठ, लायन्स क्लब अफ प्यूठानका उपाध्यक्ष ध्रुर्व कुमार विष्ट, विद्यालय व्यवस्थापन समिति अध्यक्ष रविन्द्र खड्का, विद्यालका प्रधानाध्यापक गेहराज अधिकारी, ईलाका प्रहरी कार्यालय बिजुवारका हवल्दार हस्त बहादुर बि.क, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । लायन्स क्लब अफ प्यूठानका प्रतिनिधि सुर्य चन्द्र खनालले कार्यक्रमको सञ्चालन गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...