News Portal

रेडियो सुन्नुहोस्

बालविवाह रोक्न नौबहिनीमा राष्ट्रिय कलाकारको नाटक प्रदर्शन गरिदै

झुलेनी नेटवर्क२०८० माघ ५
४५३ पटक
२०८० माघ ५

बालविवाह न्यूनिकरणका लागि नौबहिनी गाउँपालिकाले नाटक प्रदर्शन गर्न थालेको छ । आम नागरिकमा बालविवाहको असर, कानुनी कारवाही र सन्देश बुझ्ने भाषामा सञ्चार गर्न नाटक प्रदर्शन गर्न थालिएको गाउँपालिकाले जनाएको छ । आ.व. २०८०/०८१ को स्विकृत कार्यक्रम अन्तरगत गाउँपालिकाका सबै माध्यामिक विद्यालय वडा नं ७ को वडा कार्यालय परिसरमा कार्यक्रम हुने गाउँपालिकाले जनाएको छ ।

जसअनुसार माघ ७ गते लुप्लुङ मा. वि. लुप्लुङ, अम्बिका मा. वि. फोप्ली, गंगा मा. वि. बाहाने र जनज्योती मा. वि. लुङमा कार्यक्रम हुनेछ । त्यस्तै ८ गते ने. रा. मा.वि. डामृ, गावै मा. वि. गावै र अन्धनासक मा. वि. लिघामा कार्यक्रम हुनेछ भने ९ गते शिव मा. वि. स्याउलिवाङ, बराह मा. वि.  झिम्प र दुर्गा मा. वि. खवाङमा कार्यक्रम हुनेछ । ७ नं वडा कार्यालय थात्रामा १० गते कार्यक्रम हुनेछ । नाटक कार्यक्रमको प्रदर्शन कलाकारहरु रामचन्द्र अधिकारी (गोक्तेकाजी) र सुरविर पण्डित (दारीबा) सहितको टोलीले गर्नेछ ।

नौबहिनी गाउँपालिकाले आ. व. २०८०/८१ को नीति तथा कार्यक्रमबाट आगामी ४ वर्षमा बालविवाह शून्यमा झार्ने लक्ष्य लिएको छ । सोही लक्ष्यलाई हासिल गर्नेगरी कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्न बालविवाह विरुद्ध राष्ट्रिय कलाकारको नाटक प्रदर्शन गर्न थालिएको गाउँपालिका अध्यक्ष डिल बहादुर थापाले बताए । उक्त कार्यक्रमका लागि गाउँपालिकाले ‘बालविवाह उन्मुलनका लागि विद्यार्थी अभिभावक सचेतनात्मक कार्यक्रम’ शिर्षकमा ७ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

१० वटा माध्यमिक विद्यालय र एउटा वडा कार्यालयमा सञ्चालन हुने उक्त नाटक प्रदर्शनीले बालविवाह रोक्न टेवा पुग्ने अपेक्षा गरिएको गाउँपािलकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...

निजी विद्यालय सञ्चालकहरूद्वारा सदरमुकाममा कोणसभा सम्पन्न

निजी विद्यालय सञ्चालकहरूले खलङ्गामा कोणसभा सम्पन्न गरेका छन् । निर्माणाधीन शिक्षा ऐनमा राखिएको प्रावधानको विरोध...

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया वाल मन्दिरमा सम्पन्न

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम वाल मन्दिरमा सम्पन्न भएको छ । भानु सामुदायिक...