News Portal

रेडियो सुन्नुहोस्

बालविवाह रोक्न नौबहिनीमा राष्ट्रिय कलाकारको नाटक प्रदर्शन गरिदै

झुलेनी नेटवर्क२०८० माघ ५
६५४ पटक
२०८० माघ ५

बालविवाह न्यूनिकरणका लागि नौबहिनी गाउँपालिकाले नाटक प्रदर्शन गर्न थालेको छ । आम नागरिकमा बालविवाहको असर, कानुनी कारवाही र सन्देश बुझ्ने भाषामा सञ्चार गर्न नाटक प्रदर्शन गर्न थालिएको गाउँपालिकाले जनाएको छ । आ.व. २०८०/०८१ को स्विकृत कार्यक्रम अन्तरगत गाउँपालिकाका सबै माध्यामिक विद्यालय वडा नं ७ को वडा कार्यालय परिसरमा कार्यक्रम हुने गाउँपालिकाले जनाएको छ ।

जसअनुसार माघ ७ गते लुप्लुङ मा. वि. लुप्लुङ, अम्बिका मा. वि. फोप्ली, गंगा मा. वि. बाहाने र जनज्योती मा. वि. लुङमा कार्यक्रम हुनेछ । त्यस्तै ८ गते ने. रा. मा.वि. डामृ, गावै मा. वि. गावै र अन्धनासक मा. वि. लिघामा कार्यक्रम हुनेछ भने ९ गते शिव मा. वि. स्याउलिवाङ, बराह मा. वि.  झिम्प र दुर्गा मा. वि. खवाङमा कार्यक्रम हुनेछ । ७ नं वडा कार्यालय थात्रामा १० गते कार्यक्रम हुनेछ । नाटक कार्यक्रमको प्रदर्शन कलाकारहरु रामचन्द्र अधिकारी (गोक्तेकाजी) र सुरविर पण्डित (दारीबा) सहितको टोलीले गर्नेछ ।

नौबहिनी गाउँपालिकाले आ. व. २०८०/८१ को नीति तथा कार्यक्रमबाट आगामी ४ वर्षमा बालविवाह शून्यमा झार्ने लक्ष्य लिएको छ । सोही लक्ष्यलाई हासिल गर्नेगरी कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्न बालविवाह विरुद्ध राष्ट्रिय कलाकारको नाटक प्रदर्शन गर्न थालिएको गाउँपालिका अध्यक्ष डिल बहादुर थापाले बताए । उक्त कार्यक्रमका लागि गाउँपालिकाले ‘बालविवाह उन्मुलनका लागि विद्यार्थी अभिभावक सचेतनात्मक कार्यक्रम’ शिर्षकमा ७ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

१० वटा माध्यमिक विद्यालय र एउटा वडा कार्यालयमा सञ्चालन हुने उक्त नाटक प्रदर्शनीले बालविवाह रोक्न टेवा पुग्ने अपेक्षा गरिएको गाउँपािलकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...