News Portal

रेडियो सुन्नुहोस्

गौमुखीमा मा.वि स्तरीय मिनि म्याराथुन दौड प्रतियोगिता सम्पन्न

बिबश जि.एम२०८० माघ २३
७२४ पटक
२०८० माघ २३

अर्खा मा.वि अर्खाको नेपाल यूवा रेडक्रस सर्कलको आयोजनामा भएको मा.वि स्तरीय मिनि म्याराथुन दौड प्रतियोगिता सम्पन्न भएको छ ।

मंगलबार भएको ३ हजार मिटर मिनि म्याराथुन दौडमा छात्र तर्फ पहिलो अर्खा मा.वि का कुल बहादुर सुनार, दोस्रो खरा मा.वि का इन्द्र पुन मगर, तेस्रो गौमुखी मा.वि का किरण पुन मगर भएका छन भने छात्रा तर्फ खरा मा.वि की अन्जली मल्ल पहिलो, भृकुटी मा.वि की निर्मला बोहोर दोस्रो र गौमुखी मा.वि की स्मृती मल्ल तेस्रो भएकी छिन् । विजेताले क्रमश ३ हजार, २ हजार ५ सय, २ हजार मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

नेपाल रेडक्रस सोसाईटीको ३८ औं जिल्ला गोष्ठीबाट गाउँपालिकामा प्रतियोगिताका लागि जिम्मा लिएका विद्यालयहरुको साझेदारीमा भएको नेपाल रेडक्रस सोसाईटी गौमुखी उपशाखाका सभापति जोगिन्द्र मल्लले जानकारी दिए । उनका अनुसार दौड प्रतियोगितामा पालिका भित्र रहेका ६ मा.वि बाट छात्र तथा छात्राहरुले सहभागि जनाएका थिए ।

नेपाल यूवा रेडक्रस सर्कलका अध्यक्ष प्रदिप थापाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटी गौमुखी उपशाखाका सभापति जोगिन्द्र मल्ल रहेका थिए । अर्खा मा.वि अर्खामा भएको कार्यक्रम सञ्चालन शिक्षक नायक खिम बहादुर पुन मगरले गरेका हुन् ।

फोटो : जोगिन्द्र मल्ल

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विपद् पूर्वको तयारी आवश्यक

विपद् पूर्वको लगानीले ठूलो क्षतिबाट बचाउने सरोकारवालाहरुले बताएका छन् । विपद पूर्वको जोखिम व्यवस्थापन र...

घुम्नजाऔँ गौमुखी शुभारम्भ

‘गौंमुखी भ्रमण वर्ष २०८२’ सुरु भएको छ । पालिकालले प्रर्यटन प्रवद्र्धन समिति गौंमुखी गाउपालिका निर्माण...

राष्ट्रिय दलित पत्रकार संघको स्थापना दिवसमा रक्तदान

राष्ट्रिय दलित पत्रकार संघको छैटौं स्थापना दिवसमा रक्तदान गरिएको छ । प्यूठान शाखाको आयोजनामा रक्तदान...

प्रेस चौतारी र अनेरास्ववियुले संयुक्त रुपमा मनाए गणतन्त्र दिवस

प्यूठानमा पनि गणतन्त्र दिवस भव्य रुपले मनाइएको छ । प्रेस चौतारी नेपाल प्यूठान र अनेरास्ववियु...

गणतन्त्र दिवसमा प्यूठान नगरपालिकामा दीप प्रज्वलन

गणतन्त्र दिवसको अवसरमा प्यूठान नगरपालिकामा दीप प्रज्वलन गरिएको छ। प्यूठान नगरपालिकाको आयोजनामा दिवसको अवसरमा दीप...