News Portal

रेडियो सुन्नुहोस्

गौमुखीमा मा.वि स्तरीय मिनि म्याराथुन दौड प्रतियोगिता सम्पन्न

बिबश जि.एम२०८० माघ २३
११०१ पटक
२०८० माघ २३

अर्खा मा.वि अर्खाको नेपाल यूवा रेडक्रस सर्कलको आयोजनामा भएको मा.वि स्तरीय मिनि म्याराथुन दौड प्रतियोगिता सम्पन्न भएको छ ।

मंगलबार भएको ३ हजार मिटर मिनि म्याराथुन दौडमा छात्र तर्फ पहिलो अर्खा मा.वि का कुल बहादुर सुनार, दोस्रो खरा मा.वि का इन्द्र पुन मगर, तेस्रो गौमुखी मा.वि का किरण पुन मगर भएका छन भने छात्रा तर्फ खरा मा.वि की अन्जली मल्ल पहिलो, भृकुटी मा.वि की निर्मला बोहोर दोस्रो र गौमुखी मा.वि की स्मृती मल्ल तेस्रो भएकी छिन् । विजेताले क्रमश ३ हजार, २ हजार ५ सय, २ हजार मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

नेपाल रेडक्रस सोसाईटीको ३८ औं जिल्ला गोष्ठीबाट गाउँपालिकामा प्रतियोगिताका लागि जिम्मा लिएका विद्यालयहरुको साझेदारीमा भएको नेपाल रेडक्रस सोसाईटी गौमुखी उपशाखाका सभापति जोगिन्द्र मल्लले जानकारी दिए । उनका अनुसार दौड प्रतियोगितामा पालिका भित्र रहेका ६ मा.वि बाट छात्र तथा छात्राहरुले सहभागि जनाएका थिए ।

नेपाल यूवा रेडक्रस सर्कलका अध्यक्ष प्रदिप थापाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटी गौमुखी उपशाखाका सभापति जोगिन्द्र मल्ल रहेका थिए । अर्खा मा.वि अर्खामा भएको कार्यक्रम सञ्चालन शिक्षक नायक खिम बहादुर पुन मगरले गरेका हुन् ।

फोटो : जोगिन्द्र मल्ल

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...