News Portal

रेडियो सुन्नुहोस्

७ करोड ऋणमा खानेपानी कार्यालय, योजनाहरु अलपत्र

झुलेनी नेटवर्क२०८० फागुन १०
३९५ पटक
२०८० फागुन १०

जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्यूठान अन्तर्गतका योजनाहरुमा प्रयाप्त बजेट नआएका कारण भुक्तानीमा समस्या भएको छ । अघिल्लो आर्थिक वर्षमा उपभोक्ता समिति, ठेक्कापट्टा मार्फत निर्माण सम्झौता भएका योजानाहरुमा बजेट नआएपछि भुक्तानीमा समस्या भएको कार्यालयले जनाएको छ ।

विशेष गरेर लुम्बिीनी प्रदेश अन्तर्गतका योजनाहरुमा बजेट नआएपछि भुक्तानी गर्न समस्या भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्यूठानका प्रमुख बेदप्रसाद आचार्यले जानकारी गराए । आचार्यका अनुसार कार्यालयले प्रदेश अन्तर्गतका योजनाहरुको ६ करोड ४३ लाख ८ हजार २ सय ४९ रुपैयाँ र संघ अन्तगर्तका योजनाहरुको ३५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । ‘भुक्तानीको लागि उपभोक्ता समिति र ठेकेदारले दिनहँु ताकेता गर्दछन,’आचार्यले भने,‘रकम नै छैन । कसरी भुक्तिानी गर्नु ।’ काम भएर भुक्तानी गर्नपर्ने योजनाहरुको लागि प्रदेश र संघमा बजेटका लागि ताकेता गरिरहेको आचार्यले बताए ।

आचार्यका अनुसार कार्यालय बजेट अभावका कारण नयाँ योजनाहरुमा काम गर्न भन्दापनि पूराना निर्माणाधिन अलपत्र योजनाहरुमै अल्झिन परेको छ । प्यूठान जिल्लामा थोरै÷थोरै बजेट आएर काम थालिएका प्रदेशको २० र संघको ६ वटा योजनाहरु अलपत्र अवस्थामा रहेको कार्यालयले जनाएको छ । यी २६ वटा योजनाहरु सम्पन्न नभएपछि प्यूठानका झन्डै ७ हजार घरधुरी पानीको धारा जोड्नबाट बञ्चित भएका छन् ।

प्रदेश अन्तर्गतका बुक्तिचौर खानेपानी योजना, झिमरुक ७ लिप्ट खानेपानी योजना, झिमरुक बृहत लिप्ट खानेपानी योजना मल्लरानी लगायत छन् । यस्तै संघ अन्तर्गत सातमुले बर्जिबाङ खानेपानी योजना, बांगेसाल खानेपानी योजना सरुमारानी १ लगायतका योजनाहरु छन् । प्रदेश अन्तरर्गतका योजनाहरु सम्पन्न गर्नको लागि ६९ करोड ९४ लाख १४ हजार र संघ अन्तरर्गतका योजनाहरुको लागि १४ करोड ९२ लाख २० हजार रुपैयांँ लागत लाग्ने कार्यालले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सांसद थापाद्वारा आन्दोलनरत शिक्षकसंग छलफल

प्यूठान जिल्लाबाट निर्वाचित सङ्घीय सांसद (प्रतिनिधि सभा सदस्य) सूर्य थापाले शिक्षकहरुसंग छलफल गरेका छन् ।...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्वन्धि अन्तरक्रिया माण्डवीमा सम्पन्न

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम माण्डवी गाउँपालिकामा सम्पन्न भएको छ । अख्तियार...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया सरुमारानीमा सम्पन्न

भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सरुमारानीमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग...

शिक्षकहरुको आन्दोलन जारी, सुनेनन सरकारको अनुरोध

  सरकारको अनुरोधको बेवास्ता गर्दै शिक्षकहरुको आन्दोलन जारी रहेको छ । सरकारले बैशाख १२ गते...

शिक्षकको आन्दोलनले सरकारी विद्यालय सुनसान, निजीमा धमाधम भर्ना

शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयको गतिविधि ठप्प हुँदा निजी विद्यालयले भने धमाधम भर्ना अभियान सञ्चालन...