News Portal

रेडियो सुन्नुहोस्

७ करोड ऋणमा खानेपानी कार्यालय, योजनाहरु अलपत्र

झुलेनी नेटवर्क२०८० फागुन १०
६४८ पटक
२०८० फागुन १०

जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्यूठान अन्तर्गतका योजनाहरुमा प्रयाप्त बजेट नआएका कारण भुक्तानीमा समस्या भएको छ । अघिल्लो आर्थिक वर्षमा उपभोक्ता समिति, ठेक्कापट्टा मार्फत निर्माण सम्झौता भएका योजानाहरुमा बजेट नआएपछि भुक्तानीमा समस्या भएको कार्यालयले जनाएको छ ।

विशेष गरेर लुम्बिीनी प्रदेश अन्तर्गतका योजनाहरुमा बजेट नआएपछि भुक्तानी गर्न समस्या भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्यूठानका प्रमुख बेदप्रसाद आचार्यले जानकारी गराए । आचार्यका अनुसार कार्यालयले प्रदेश अन्तर्गतका योजनाहरुको ६ करोड ४३ लाख ८ हजार २ सय ४९ रुपैयाँ र संघ अन्तगर्तका योजनाहरुको ३५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । ‘भुक्तानीको लागि उपभोक्ता समिति र ठेकेदारले दिनहँु ताकेता गर्दछन,’आचार्यले भने,‘रकम नै छैन । कसरी भुक्तिानी गर्नु ।’ काम भएर भुक्तानी गर्नपर्ने योजनाहरुको लागि प्रदेश र संघमा बजेटका लागि ताकेता गरिरहेको आचार्यले बताए ।

आचार्यका अनुसार कार्यालय बजेट अभावका कारण नयाँ योजनाहरुमा काम गर्न भन्दापनि पूराना निर्माणाधिन अलपत्र योजनाहरुमै अल्झिन परेको छ । प्यूठान जिल्लामा थोरै÷थोरै बजेट आएर काम थालिएका प्रदेशको २० र संघको ६ वटा योजनाहरु अलपत्र अवस्थामा रहेको कार्यालयले जनाएको छ । यी २६ वटा योजनाहरु सम्पन्न नभएपछि प्यूठानका झन्डै ७ हजार घरधुरी पानीको धारा जोड्नबाट बञ्चित भएका छन् ।

प्रदेश अन्तर्गतका बुक्तिचौर खानेपानी योजना, झिमरुक ७ लिप्ट खानेपानी योजना, झिमरुक बृहत लिप्ट खानेपानी योजना मल्लरानी लगायत छन् । यस्तै संघ अन्तर्गत सातमुले बर्जिबाङ खानेपानी योजना, बांगेसाल खानेपानी योजना सरुमारानी १ लगायतका योजनाहरु छन् । प्रदेश अन्तरर्गतका योजनाहरु सम्पन्न गर्नको लागि ६९ करोड ९४ लाख १४ हजार र संघ अन्तरर्गतका योजनाहरुको लागि १४ करोड ९२ लाख २० हजार रुपैयांँ लागत लाग्ने कार्यालले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...