News Portal

रेडियो सुन्नुहोस्

जन्मदिनको अबसरमा गरिब परिवारलाई आर्थिक सहयोग

झुलेनी नेटवर्क२०८० फागुन २९
५७० पटक
२०८० फागुन २९

मल्लरानी गाउँपालिका–३ जेविन्डाँडाका युवा समाजसेवी बिष्णु शर्माले जन्मदिनको फजुल खर्च कटाएर गरिब तथा पिडित परिवारलाई आर्थिक सहयोग गरेका छन् । मंगलबार शर्माले आफ्नो ३०औं जन्मदिनको अवसरमा मल्लरानी– २ मधुगैरा बस्ने एक गरिब तथा (बेसहारा) दिनबहादुर नेपालीलाई रु ५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । उनले दिन बहादुरको बस्ने बास निकै जिर्ण भएको हुँदा उक्त घर मर्मत गर्न केही हदसम्म सहयोग पुगोस भन्ने उद्देश्य सहित सहयोग गरेको बताए ।

आर्थिक सहयोग हस्तान्तरण गर्दै शर्माले आधुनिकता सँगसँगै जन्मदिनलाई पछिल्लो समयमा भड्किलो र प्रतिस्पर्धात्मक रुपमा लगि समाजमा विदेशी संस्कृति भित्राउने चलन बढ्दै गएको बताउँदै आफूले त्यसो नगरी आफ्नो जन्मदिनलाई रचनात्मक तरिकाले मनाएको बताए ।
प्यूठान घर भएका शर्मा राजनीति, समाजसेवा सँगै अर्जुन इङलिस बोडिङ्ग स्कुल भूमिकास्थान अर्घाखाँची ढाकावाङ्गका प्रिन्सिपल र ढाकावाङ्गमै प्यूठान डटकम कम्प्युटर संचालन समेत गर्दै आएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...