News Portal

रेडियो सुन्नुहोस्

जन्मदिनको अबसरमा गरिब परिवारलाई आर्थिक सहयोग

झुलेनी नेटवर्क२०८० फागुन २९
५२१ पटक
२०८० फागुन २९

मल्लरानी गाउँपालिका–३ जेविन्डाँडाका युवा समाजसेवी बिष्णु शर्माले जन्मदिनको फजुल खर्च कटाएर गरिब तथा पिडित परिवारलाई आर्थिक सहयोग गरेका छन् । मंगलबार शर्माले आफ्नो ३०औं जन्मदिनको अवसरमा मल्लरानी– २ मधुगैरा बस्ने एक गरिब तथा (बेसहारा) दिनबहादुर नेपालीलाई रु ५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । उनले दिन बहादुरको बस्ने बास निकै जिर्ण भएको हुँदा उक्त घर मर्मत गर्न केही हदसम्म सहयोग पुगोस भन्ने उद्देश्य सहित सहयोग गरेको बताए ।

आर्थिक सहयोग हस्तान्तरण गर्दै शर्माले आधुनिकता सँगसँगै जन्मदिनलाई पछिल्लो समयमा भड्किलो र प्रतिस्पर्धात्मक रुपमा लगि समाजमा विदेशी संस्कृति भित्राउने चलन बढ्दै गएको बताउँदै आफूले त्यसो नगरी आफ्नो जन्मदिनलाई रचनात्मक तरिकाले मनाएको बताए ।
प्यूठान घर भएका शर्मा राजनीति, समाजसेवा सँगै अर्जुन इङलिस बोडिङ्ग स्कुल भूमिकास्थान अर्घाखाँची ढाकावाङ्गका प्रिन्सिपल र ढाकावाङ्गमै प्यूठान डटकम कम्प्युटर संचालन समेत गर्दै आएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...