News Portal

रेडियो सुन्नुहोस्

प्युठानमा जेसिबिले चाप्दा एकको मुत्यु, घटना रहस्यमय भन्दै आफन्त आक्रोसित

सागर रिजालप्युठान,२३ मंसिर ।
२२०७ पटक
प्युठान,२३ मंसिर ।

प्युठानमा जेसीबिले चाप्दा एक जनाको मृत्यु भएको छ । मल्लरानी गाउँपालिका –३ बर्बोटका ३६ बर्षिय विष्णु प्रसाद पौडेलको मृत्यु भएको हो ।
लोहनी ब्रदर्स कम्पनिले ठेक्का लिएको खलंगा जोगिटारी सडकमा बिगत केही बर्षदेखी उनले काम गर्दै आएका थिए । दिनभरिको काम सक्काएर शनिवार साझ खलंगाबाट क्याम्प तर्फ फर्कदै गर्दा साल्ठाटी खोलामा साझ ६ बजेतिर जेसिबि पल्टिँदा उनलाइ च्यापेको कम्पनिका कर्मचारीले बताउछन् ।
जेसिबिले चापेका विष्णुलाई उपचारका लागि जिल्ला अस्पतालमा लगिएको थियो । उपचारको क्रममा अस्पतालमा पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख देवी
प्रसाद पौडेलले जानकारी दिए ।
मृतकका आफन्तले कम्पनीसंग बार्ता र घटनाको तथ्य नखुल्दा सम्म शव नबुज्ने भएका छन । शव अहिले जिल्ला अस्पतालको मुर्दा घरमा राखिएको छ । निमित्त प्रहरी प्रमुख पौडेलका अनुसार जेसिबि चालक शनिवार राती १० बजेतिर प्रहरिको सम्पर्कमा आएको बताए । दुबै पक्षलाई सङै राखी आईतबार घटनाको प्रकृति बारे छलफल गरि बार्ता गर्ने उनले बताए । । उनका अनुसार शवको मुजुल्का र पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाउने बताए । मृतक पौडेलका श्रीमती २ छोरा र १ छोरी रहेका छन् ।

स्थानीय आक्रोसित
विष्णुको घरपरिवार, आफन्तीलाई कुनै पनि जानकारी नगराइ एक्कासि कम्पनिका कर्मचारि र प्रहरीको समुहले शवलाई प्युठान अस्पताल ल्याउदाँ स्थानीय आक्रोषित भएका छन् ।शवलाई टिप्परमा राखी प्युठान अस्पतालमा ल्याईएको मृतक का आफन्तहरु बताउछन् ।
मृतकलाई जिल्ला अस्पतालमा ल्याई उनको शरिरमा हेर्दा शरीरका विभिन्न भाहहरुमा चोट , अनुहारभरी निलो डाम, पेट तथा छातिमा सिसाका टुक्रा , टाउको थिच्चिएको ,साथै नाक मुख बाट रगत आईरहेकोले पनि उनलाई कसैले मारेको हुन सक्ने आंशका स्थानियले गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सांसद थापाद्वारा आन्दोलनरत शिक्षकसंग छलफल

प्यूठान जिल्लाबाट निर्वाचित सङ्घीय सांसद (प्रतिनिधि सभा सदस्य) सूर्य थापाले शिक्षकहरुसंग छलफल गरेका छन् ।...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्वन्धि अन्तरक्रिया माण्डवीमा सम्पन्न

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम माण्डवी गाउँपालिकामा सम्पन्न भएको छ । अख्तियार...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया सरुमारानीमा सम्पन्न

भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सरुमारानीमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग...

शिक्षकहरुको आन्दोलन जारी, सुनेनन सरकारको अनुरोध

  सरकारको अनुरोधको बेवास्ता गर्दै शिक्षकहरुको आन्दोलन जारी रहेको छ । सरकारले बैशाख १२ गते...

शिक्षकको आन्दोलनले सरकारी विद्यालय सुनसान, निजीमा धमाधम भर्ना

शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयको गतिविधि ठप्प हुँदा निजी विद्यालयले भने धमाधम भर्ना अभियान सञ्चालन...