News Portal

रेडियो सुन्नुहोस्

प्युठानमा जेसिबिले चाप्दा एकको मुत्यु, घटना रहस्यमय भन्दै आफन्त आक्रोसित

सागर रिजालप्युठान,२३ मंसिर ।
२५३८ पटक
प्युठान,२३ मंसिर ।

प्युठानमा जेसीबिले चाप्दा एक जनाको मृत्यु भएको छ । मल्लरानी गाउँपालिका –३ बर्बोटका ३६ बर्षिय विष्णु प्रसाद पौडेलको मृत्यु भएको हो ।
लोहनी ब्रदर्स कम्पनिले ठेक्का लिएको खलंगा जोगिटारी सडकमा बिगत केही बर्षदेखी उनले काम गर्दै आएका थिए । दिनभरिको काम सक्काएर शनिवार साझ खलंगाबाट क्याम्प तर्फ फर्कदै गर्दा साल्ठाटी खोलामा साझ ६ बजेतिर जेसिबि पल्टिँदा उनलाइ च्यापेको कम्पनिका कर्मचारीले बताउछन् ।
जेसिबिले चापेका विष्णुलाई उपचारका लागि जिल्ला अस्पतालमा लगिएको थियो । उपचारको क्रममा अस्पतालमा पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख देवी
प्रसाद पौडेलले जानकारी दिए ।
मृतकका आफन्तले कम्पनीसंग बार्ता र घटनाको तथ्य नखुल्दा सम्म शव नबुज्ने भएका छन । शव अहिले जिल्ला अस्पतालको मुर्दा घरमा राखिएको छ । निमित्त प्रहरी प्रमुख पौडेलका अनुसार जेसिबि चालक शनिवार राती १० बजेतिर प्रहरिको सम्पर्कमा आएको बताए । दुबै पक्षलाई सङै राखी आईतबार घटनाको प्रकृति बारे छलफल गरि बार्ता गर्ने उनले बताए । । उनका अनुसार शवको मुजुल्का र पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाउने बताए । मृतक पौडेलका श्रीमती २ छोरा र १ छोरी रहेका छन् ।

स्थानीय आक्रोसित
विष्णुको घरपरिवार, आफन्तीलाई कुनै पनि जानकारी नगराइ एक्कासि कम्पनिका कर्मचारि र प्रहरीको समुहले शवलाई प्युठान अस्पताल ल्याउदाँ स्थानीय आक्रोषित भएका छन् ।शवलाई टिप्परमा राखी प्युठान अस्पतालमा ल्याईएको मृतक का आफन्तहरु बताउछन् ।
मृतकलाई जिल्ला अस्पतालमा ल्याई उनको शरिरमा हेर्दा शरीरका विभिन्न भाहहरुमा चोट , अनुहारभरी निलो डाम, पेट तथा छातिमा सिसाका टुक्रा , टाउको थिच्चिएको ,साथै नाक मुख बाट रगत आईरहेकोले पनि उनलाई कसैले मारेको हुन सक्ने आंशका स्थानियले गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...