News Portal

रेडियो सुन्नुहोस्

लुम्बिनीको मुख्यमन्त्रीमा महरा नियुक्त

झुलेनी नेटवर्क२०८० चैत २३
८०७ पटक
२०८० चैत २३

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का जोखबहादुर महरा नियुक्त भएका छन् । शुक्रबार लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम महरालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । नेता महराले बिहीबार प्रदेशमा सहभागी भएका दलहरूसँग सरकार निर्माण देखि सञ्चालन सम्मको सहमति पछि हस्ताक्षर सँगै नयाँ नेतृत्व चयन हुने पक्का भएको थियो ।

शुक्रबार ४८ जना प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख समक्ष दाबी पेस गरेकाले उनलाई प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । गठबन्धन दलका नेताहरू नेकपा एमालेका संसदीय दलका नेता लिला गिरी, एमाले प्रमुख सचेतक तुल्सी चौधरी, एकीकृत समाजवादीकी एक मात्र सांसद भगवती घिमिरे, नागरिक उन्मुक्तिका धर्म बहादुर चौधरी, राजकुमार चौधरी, निर्मला देवी चौधरी र नरमाया ढकालसहित ४ जनाले सामूहिक हस्ताक्षर गरी समर्थन जनाएपछि महरालाई ४८ जनाको समर्थन जुटेको छ ।

लुम्बिनी प्रदेश सभामा ८७ सदस्य छन् । बिहीबार नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश मन्त्रिपरिषद् गठन प्रक्रिया सुरू भएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...