News Portal

रेडियो सुन्नुहोस्

सेनावाट अवकासपछी बाख्रापालन ब्यवसायमा ।

राजेश जीसी२६ मंसिर, प्यूठान
१४२४ पटक
२६ मंसिर, प्यूठान

जीन्दगीको उर्जाशील समय सैनिक पेशामा जीबन वितिएका स्वर्गद्धारी नगरपालीका ४ का अमरराज श्रेष्ठ,जयन्त प्रसाद श्रेष्ठ तथा स्थानीय तिन जना ब्यक्तिहरु मिलेर बाख्रापालन ब्यवसायमा लागेका छन । २० वर्ष सम्मको सैनिक जीवनवाट अवकास लिएका २ जना पुर्वसैनिक अमरराज श्रेष्ठ र जयन्त श्रेष्ठ तथा अन्य तीन जना स्थानीय युवाहरु मिलेर सामुहिक रुपमा बाख्रापालन ब्यवसाय गरेका हुन् । सयूक्त लगानीमा सञ्चालन गरेको ब्यवसाय स्वर्गद्वारी नगरपालीकामा जयन्त प्रसाद श्रेष्ठको नाममा उनीहरुले ब्यवसाय दर्ता गराएका छन् । उनीहरुले माण्डवी कृषि तथा पसुफर्म दर्ता गरी ब्यवसाय सुरु गरेका छन । उनीहरुले ५० वटा विभिन्न जातका वाख्राका पाठापाठीबाट ब्यवसाय सुरु गरेका छन । अहिले बाख्रापालन ब्यवसायका लागी आधुनिक किसिमको खोर निर्माण गरेका छन ।

उनीहरुले अहिले ८० वटा बाख्रा अट्ने गरी ८ वटा कोठाको आधुनिक खोर निर्माण गरिसकेका छन । सो ब्यवसायका लागी ५ जनाले प्रतिब्यक्ति ५ लाख रुपैया सकंलन गरेर ब्यवसाय सञ्चालन गरेका हुन् । हालसम्म ३० लाख रुपैया लगानी भईसकेको ब्यवसायि जयन्त प्रसाद श्रेष्ठले बताए । सो फर्ममा अहिले २० वटा वोएर जातका पाठापाठी र २० वटा स्थानीय खरीजातका बाख्राका पाठापाठी पालन गरेका छन । जिल्लामा खसीबोकाको माग राम्रो भएको भन्दै आफुले उत्पादन गरेका खसीबोकाहरुले बजार पाउने उनीहरुले बताए । जीबनभरी अर्काको देशमा कति रगत पसिना बगाउने अब आफ्नौ देशमा केही गर्नुपर्छ भनी बाख्रापालन ब्यवसायतर्फ लागेको उनीहरु बताउछँन ।

बाख्रापालनका लागी उनीहरुले आफ्नो घर वरीपरी ब्यवस्थित घास रोपेका छन । उनीहरुले नेपियर,किम्बु तथा बहुबर्षीय घास रोपेका छन । बाख्रापालन ब्यवसाय बाहेक प्रेम वहादुर श्रेष्ठले स्वर्गद्वारी नगरपालिकाको भिंग्रीमा हार्डवयर ब्यवसाय र अर्का ब्यवसायी पशुपति श्रेष्ठले सोहि ठाउँमै कपडा, भाडा र फेन्सी पसल सञ्चालन गरेका छन् । विभिन्न ब्यवसाय र रोजगारिसगैं सामुहिक बयवसायमा लागेका उनीहरुले गाउका ३ जनालाई रोजगार समेत दिएको ब्यवसायी पशुपति श्रेष्ठले बताए । उनले भने,‘हामीले प्रतिब्यक्ति १० हजार रुपैया तलब दिएका छौँ ।’ हामी बाहेक गाउँका केही ब्यक्तिले रोजगारी समेत पाएको उनले बताए ।

जिल्लामा खसिवोकाको राम्रो माग भएपनि उत्पादन नहुदा वर्षेनी लाखौ रुपैयाको खसिवोका छिमेकि जिल्ला दाङ्ग, कपिलवस्तु लगाएतका जिल्लावाट भित्रिने गरेको छ । खसिको मासुमा जिल्लालाई अन्यत्र जिल्लासग निर्भर हुनु परेको उनीहरुले बताए । र्फममा आफुले पालन गरेका पाठापाठील ६/७ महिनापछि उत्पादन दिने र त्यसपछि मात्रै आम्दानीको वाटो खुल्ने बासुदेब श्रेष्ठले बताए । उनले भने,‘काम गदै जादाँ धेरै समस्या आउदो रहेछ तर छिमेकीले ब्यवसाय गर्ने थप हौसला दिदाँ आत्मबल बढेको छ ।’ हाल केही थोरै संख्यामा मात्रा बाख्रापालन गरेपनि आगामी दिनमा त्यसलाई बढाउदै जाने श्रेष्ठले बताए । विहान देखी साझँदेखी सबैले पालो गरेर फर्म र वाख्राहरुको हेरचाह गर्ने गरेका गर्ने गरेका छन । स्थानीय तहले कृषि गर्नेहरुलाई आबश्यक सहयोग तथा प्राबिधिक सहयोग दिए युवाहरुलाई स्वदेश मै रोजगारी दिन सकिने उनीहरुको बुझाई छ । युवाहरुलाई स्वदेश काम गर्ने बाताबरण मिलाउन सके सरकारले अ‍ैगिकार गरेको “शुखी नेपाली, समृद्ध नेपाल”को नाराले सार्थकता पाउने धारण ब्यक्त गरे ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...