News Portal

रेडियो सुन्नुहोस्

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुकमा

झुलेनी नेटवर्क २०८१ बैशाख १८
७२० पटक
२०८१ बैशाख १८

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुक गाउँपालिका मच्छिमा सञ्चालन भएको छ । सम्मेलनको मंगलबार प्यूठानका प्रतिनिधि सभा सदस्या सूर्य थापाले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका सांसद थापाले प्यूठानी जनताका सपना पूरा गर्नको लागि अघि सरेको बताए । कुनै पनि एउटा निश्चित ठाउँ र व्यक्तिको लागि नभई सिंगो जिल्लाका लागि हित हुनेगरी आफुहरु लागि परेको बताए । जस्तो सुकै काम अगाडी बढाउन र समस्याको समस्या समाधान गर्न जति अप्ठ्यारो अरु केही नभएको सांसद थापाको भनाई छ । साथै सरकारले जिम्मेवारीपूर्वक काम नगरेको समेत उनले आरोप लगाएका छन् । कहाँ र कुन ठाउँमा के आवश्यकता छ भनी नबुझी नजानी हचुवाको भरमा बजेट विनियोजन गर्दा निश्चित समस्या भएका ठाउँमा बजेट पर्न नसकेको बताए ।

न्यायिक समितिमा भएका अप्ठ्यारा विषयहरु र न्यायलाई प्रभावकारी बनाउनको लागि सम्मेलनको आयोजना गरिएको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले बताए ।

सम्मेलनमा प्यूठान जिल्लाका ९ वटै स्थानीय तहका न्यायिक समिति सदस्यहरुको सहभागिता रहेको छ । प्यूठान क्षेत्र १ का लुम्बिनी प्रदेशका माननीय पूर्व मन्त्री तुल्सीराम शर्मा, लुम्बिनी प्रदेश सभा सदस्य निमा गरी, धनालक्ष्मी श्रेष्ठ, मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का, माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी, बिष्णु कुमार गिरी, जिल्लाका ९ वटै स्थानीय तहका उपप्रमुखहरु लगायतको सहभागिता रहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...