News Portal

रेडियो सुन्नुहोस्

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

झुलेनी नेटवर्क२०८१ बैशाख १९
७२० पटक
२०८१ बैशाख १९

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे छ । बैशाखा १३ गते सामुदायिक बनमा लागेको आगो सेपुङ, मान्द्रेचौर, ओखरबोट, मटेङपोखरा लगायतका बस्तीमा आउँदा ३ घर, ६ गोठ पूर्णरुपमा जलेर नष्ट भएका थिए ।

घर, गोठ, पशुचौपाय, लत्ताकपडा, खाद्यान्न सबै जलेर नष्ट भएका सेपुङका प्रेमलाल सापकोटालाई बुधबार जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले राहत सामाग्री उपलब्ध गराएको हो ।

सापकोटालाई चामल, दाल, नुन, तेल, चाउँचाउँ, बिस्कुट लगायतका सामाग्रीहरु घरमै पुगी राहत उपलब्ध गराएको जिबावती सामुदायिक विपद व्यवस्थापन समितिका अध्यक्ष हेमन्त पाठकले जानकारी दिए । उनका अनुसार अन्य आगलागी पिडितहरुलाई पनि सहयोग गर्ने तयारीमा रहेको छ । उनीहरु तत्काललाई आफन्तको घरमा बस्दै आएका छन् । साथै सापकोटाको परिवारले घर निर्माणको लागि समेत सहयोगको अपिल गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...