News Portal

रेडियो सुन्नुहोस्

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

झुलेनी नेटवर्क२०८१ बैशाख १९
४५० पटक
२०८१ बैशाख १९

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे छ । बैशाखा १३ गते सामुदायिक बनमा लागेको आगो सेपुङ, मान्द्रेचौर, ओखरबोट, मटेङपोखरा लगायतका बस्तीमा आउँदा ३ घर, ६ गोठ पूर्णरुपमा जलेर नष्ट भएका थिए ।

घर, गोठ, पशुचौपाय, लत्ताकपडा, खाद्यान्न सबै जलेर नष्ट भएका सेपुङका प्रेमलाल सापकोटालाई बुधबार जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले राहत सामाग्री उपलब्ध गराएको हो ।

सापकोटालाई चामल, दाल, नुन, तेल, चाउँचाउँ, बिस्कुट लगायतका सामाग्रीहरु घरमै पुगी राहत उपलब्ध गराएको जिबावती सामुदायिक विपद व्यवस्थापन समितिका अध्यक्ष हेमन्त पाठकले जानकारी दिए । उनका अनुसार अन्य आगलागी पिडितहरुलाई पनि सहयोग गर्ने तयारीमा रहेको छ । उनीहरु तत्काललाई आफन्तको घरमा बस्दै आएका छन् । साथै सापकोटाको परिवारले घर निर्माणको लागि समेत सहयोगको अपिल गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...

निजी विद्यालय सञ्चालकहरूद्वारा सदरमुकाममा कोणसभा सम्पन्न

निजी विद्यालय सञ्चालकहरूले खलङ्गामा कोणसभा सम्पन्न गरेका छन् । निर्माणाधीन शिक्षा ऐनमा राखिएको प्रावधानको विरोध...

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया वाल मन्दिरमा सम्पन्न

पुस्तकालय र पठन संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम वाल मन्दिरमा सम्पन्न भएको छ । भानु सामुदायिक...