News Portal

रेडियो सुन्नुहोस्

हुलाक नियमावली संशोधनसँगै हुलाक कर्मचारी कटौती

अतिरिक्त र स्थायी दरबन्दी कटौतीबाट वार्षिक १ अर्व चालू खर्च घट्ने

झुलेनी नेटवर्क२०८१ बैशाख २१, काठमाडौँ
६५० पटक
२०८१ बैशाख २१, काठमाडौँ

सरकारले अतिरिक्त हुलाक नियमावली संशोधन गरेसंगै हुलाक सेवामा कार्यरत १० हजार पाँच सय भन्दा बढी  कर्मचारीले अवकाश लिन सक्ने भएका छन्। नेपाल सरकारले अतिरिक्त हुलाक (पाँचौ संशोधन) नियमावली २०८० जारी गरेसंगै हुलाक प्रतिनिधि, वितरक र डाँक वाहकले  ५८ वर्ष पूरा भएपछी अनिवार्य अवकाश लिनेछन्।

स्वेच्छिक अवकाश लिन चाहने कर्मचारीले पनि सेवा अवधिको आधारमा उपचार खर्च (नियम १२ क) का अतिरिक्त थप सविधा प्राप्त गर्नेछन्।

हुलाक सेवा नियमावली २०३४ को संशोधन भएसंगै अब सेवा अवधि  १० वर्ष सम्म भएकाहरुले पाउने उपचार खर्चको ५० प्रतिशत, २० वर्षसम्म सेवा अवधि भएकाहरुले ६५ प्रतिशत, ३० वर्षसम्म सेवा अवधि भएकाहरुले ८० प्रतिशत, ४० वर्षसम्म सेवा अवधि भएकाले ९० प्रतिशत र ४० भन्दा माथि सेवा अवधि भएकाले सतप्रतिशत सुविधा प्राप्त गर्नेछन्।

उल्लेखित व्यवस्था वमोजिम हाल १० हजार भन्दा बढी अतिरिक्त हुलाक कर्मचारी मध्ये हाल सम्म ३५ सय भन्दा बढी कर्मचारीको अवकाश भैसकेको हुलाक सेवा विभागले जानकारी दिएको छ।

सूचना प्रविधिको विकास संगै सरकारले हुलाक सेवालाई छरितो, कम खर्चिलो, प्रभावकारी र प्रविधियुक्त बनाउन थालेको छ। संघिय संरचना वमोजिम हुलाक सेवाको सेवा विस्तारका लागि एक पालिका एक हुलाकको नीति अङ्गिकार गरिएको छ।

आ.व. २०८०/८१ मा एक पालिका एक हुलाक कायम गर्ने निति अनुरुप संगठन तथा व्यवस्थापन सर्भेक्षण हुँदा १६ सय बराबरको स्थायी दरबन्दी कटौती भएको छ । नियमावलीको संशोधनवमोजिम अनिवार्य तथा स्वेच्छिक अवकाश बाट वार्षिक ३५ करोड खर्च कटौती र स्थायी दरबन्दी कटौतीसंगै वार्षिक ७० बरोड भन्दा बढी खर्च कटौती हुने भएको छ।

आगामि आ.व. २०८१/०८२ को आरम्भदेखि नै एक पालिका एक हुलाकको कार्यन्वयन गर्ने सरकारको तयारी छ। त्यसका लागि बजेट र जनशक्ति व्यवस्थापनको कार्य भईरहेको विभागले जनाएको छ। नियमावली संसोधनवाट चालू खर्च तथा कर्मचारी दरबन्दी कटौती भएपनि सेवा प्रवाह थप प्रभावकारी बनाएर सञ्चालन गरिने विभागले जनाएको छ।

यसरी हुने अवकाशबाट राज्यलाई आगामी आ.व. देखि अतिरिक्त कर्मचारी हटाउँदा ३५ करोडले चालु खर्च कम हुने विभागले जनाएको छ।

साथै आगामी साउन ९ गते सम्म स्वेच्छिक राजिनामा दिन चाहि अवकाशमा जाने कर्मचारीले पनि संशोधित नियमावली अनुसार थप उपचार खर्च पाउनेछन। यस व्यवस्थाबाट हुलाकको चाल् खर्च घटेपनि सेवालाई सामान्य अवस्थामा ल्याउन केही यन्त्रिक स्रोत साधन आवश्यक पर्ने विभागको भनाई छ। सुस्ताएको हुलाक सुधार गर्ने निति लिएको सरकारले पुनसंरचना गरी एक पालिका एक हुलाकको निर्णय यसै वर्ष गरिसकेको छ।

आगामी आ.व. ले सुरु देखि नै त्यसको कार्यान्वयनको तयारी र बजेट व्यवस्था भइरहेको विभागको भनाई छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया सरुमारानीमा सम्पन्न

भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सरुमारानीमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग...

शिक्षकहरुको आन्दोलन जारी, सुनेनन सरकारको अनुरोध

  सरकारको अनुरोधको बेवास्ता गर्दै शिक्षकहरुको आन्दोलन जारी रहेको छ । सरकारले बैशाख १२ गते...

शिक्षकको आन्दोलनले सरकारी विद्यालय सुनसान, निजीमा धमाधम भर्ना

शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयको गतिविधि ठप्प हुँदा निजी विद्यालयले भने धमाधम भर्ना अभियान सञ्चालन...

२०८२ वर्ष बुढो नयाँ वर्षको शुभकामना !

आज नयाँ वर्ष । यस वर्षको नयाँ दिन । यसको रौनकले जताततै छपक्कै छाएको छ...

आफैले पेट्रोल खन्याएर आगो लगाउँदा ८० वर्षीय वृद्धको मृत्यु

बागलुङमा ८० वर्षीय एक वृद्धले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका छन् । बागलुङको ताराखोला...