News Portal

रेडियो सुन्नुहोस्

८१ वर्षिय वृद्धलाई बिस्तारामै लगेर गए वडाध्यक्षले सामाजिक सुरक्षा भत्ता

बोम वहादुर परियार२०८१ वैसाख २४
७३५ पटक
२०८१ वैसाख २४

मल्लरानी गाउँपालिका –३ मुन्डाँडा निवासी ८१ वर्षिय दुर्गाबहादुर पौडेलले विस्तारामै सामाजिक सुरक्षा भत्ता पाएका छन ।
वृद्ध वृद्धाहरुका लागि सरकारले दि‌‌दै आएको सामाजिक सुरक्षा भत्ता आइतबार मल्लरानी गाउँपालिका –३ का वडाध्यक्ष नोमराज पौडेलले दुर्गा बहादुरको घरमै बैंकका कर्मचारी लगेर सामाजिक सुरक्षा भत्ता उपलव्ध गराएका हुन् ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक खलंगा शाखाका प्रमुख विन्जुन वस्नेत सहितको टिम मुन्डाँडामा रहेको जनकल्याण आधारभुत विद्यालय चौथिलगाउनेमा भत्ता वितरण गर्न पुगेका थिए ।

बिरामी परी बिस्तारामा थलिएका दुर्गाबहादु घर नजिकैको विद्यालयमा समेत पुग्न नसकेपछि बैंकका कर्मचारीसंग सहजीकरण गरी घरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको वडाध्यक्ष नोमराज पौडेलले बताए ।
‘‘केहिदिन पहिले बिरामी परेका गाउँका माइलाबालाई भेट्न घरमै पुगेको थिए उनले भने,– त्यहि बेला उहाँले सासैसासले मेरो भत्ता कहिले आउँछ बाबु भनेको सुन्दा म झनै भावुक भएपछि घरमै भत्ता पुर्‍याएको हुँ ।”
आफ्नो वडाका नागरिकलाई घरमै पुगेर सेवा गर्न पाउँदा असाध्यै खुसी महसुस गरेको भन्दै आगामी दिनमा पनि सदैव जनताकै सेवामा लाग्ने विश्वास दिलाएका छन् ।

प्युठान सदरमुकाम खलंगाबाट बुझ्दै आएको सामाजिक सुरक्षा भत्ता मल्लरानी गाउँपालिकाका नगरिकहरुले अहिले गाउँगाउँमै पाएका छन् । ३ नम्बर वडाको चौरपानी र मुन्डाँडा गरी २  स्थानबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखामा कार्यरत लक्ष्मी पोख्रलले बताइन् । अति अशक्त भएका कारण सुरक्षाकर्मी सहित ८१ वर्षिय दुर्गाबहादुरको घरमै पुगेर पहिलो पटक भत्ता वितरण गरेको पोख्रेलले बताइन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...