News Portal

रेडियो सुन्नुहोस्

८१ वर्षिय वृद्धलाई बिस्तारामै लगेर गए वडाध्यक्षले सामाजिक सुरक्षा भत्ता

बोम वहादुर परियार२०८१ वैसाख २४
९६१ पटक
२०८१ वैसाख २४

मल्लरानी गाउँपालिका –३ मुन्डाँडा निवासी ८१ वर्षिय दुर्गाबहादुर पौडेलले विस्तारामै सामाजिक सुरक्षा भत्ता पाएका छन ।
वृद्ध वृद्धाहरुका लागि सरकारले दि‌‌दै आएको सामाजिक सुरक्षा भत्ता आइतबार मल्लरानी गाउँपालिका –३ का वडाध्यक्ष नोमराज पौडेलले दुर्गा बहादुरको घरमै बैंकका कर्मचारी लगेर सामाजिक सुरक्षा भत्ता उपलव्ध गराएका हुन् ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक खलंगा शाखाका प्रमुख विन्जुन वस्नेत सहितको टिम मुन्डाँडामा रहेको जनकल्याण आधारभुत विद्यालय चौथिलगाउनेमा भत्ता वितरण गर्न पुगेका थिए ।

बिरामी परी बिस्तारामा थलिएका दुर्गाबहादु घर नजिकैको विद्यालयमा समेत पुग्न नसकेपछि बैंकका कर्मचारीसंग सहजीकरण गरी घरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको वडाध्यक्ष नोमराज पौडेलले बताए ।
‘‘केहिदिन पहिले बिरामी परेका गाउँका माइलाबालाई भेट्न घरमै पुगेको थिए उनले भने,– त्यहि बेला उहाँले सासैसासले मेरो भत्ता कहिले आउँछ बाबु भनेको सुन्दा म झनै भावुक भएपछि घरमै भत्ता पुर्‍याएको हुँ ।”
आफ्नो वडाका नागरिकलाई घरमै पुगेर सेवा गर्न पाउँदा असाध्यै खुसी महसुस गरेको भन्दै आगामी दिनमा पनि सदैव जनताकै सेवामा लाग्ने विश्वास दिलाएका छन् ।

प्युठान सदरमुकाम खलंगाबाट बुझ्दै आएको सामाजिक सुरक्षा भत्ता मल्लरानी गाउँपालिकाका नगरिकहरुले अहिले गाउँगाउँमै पाएका छन् । ३ नम्बर वडाको चौरपानी र मुन्डाँडा गरी २  स्थानबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखामा कार्यरत लक्ष्मी पोख्रलले बताइन् । अति अशक्त भएका कारण सुरक्षाकर्मी सहित ८१ वर्षिय दुर्गाबहादुरको घरमै पुगेर पहिलो पटक भत्ता वितरण गरेको पोख्रेलले बताइन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...