News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालिकाले दियो अपाङ्ग महिलालाई बाख्रा

बिबश जि.एम२०८१ जेष्ठ २६
५५७ पटक
२०८१ जेष्ठ २६

प्यूठान नगरपालिकाले अपाङ्गता भएका महिलाहरुका लागि निःशुल्क बाख्रा वितरण गरेको छ । महिला अपाङ्गताहरुलाई बाख्रा पालन सम्बन्धि सीप विकास तालिम सहित बाख्रा हस्तान्तरण गरेको हो । नगरपालिका भित्र रहेका १० वटै वडाका १/१ जना अपाङ्गता भएका महिलाहरुका लागि २/२ वटा बाख्रा वितरण गरेको छ ।

बाख्रा हस्तान्तरण कार्यक्रममा बोल्दै प्यूठान नगरपालिकाका उपमेयर देबेन्द्र बर्माले जन्मिदै विभिन्न प्रकारले समस्यामा रहेर पीडा भोगिरहेका व्यक्तिहरुका लागि पेवाको रुपमा बाख्रा वितरण गरिएको बताए । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउन पशुसेवा शाखा र आर्थिक विकास समितिले यथार्थ समस्यामा रहेका वर्गहरुलाई छुट्याई बजेट विनियोजनको समयमा प्रस्ताव पेश गर्न आग्रह गरेका छन् ।

त्यस्तै नगरप्रवक्ता तथा ३ नं वडाध्यक्ष सुमनराज श्रेष्ठले प्रकृतिले जन्मिदै ठगेका व्यक्तिहरुको जीवनलाई सहि ढंगले जीवनयापन गर्नमा सहयोग पुग्ने उद्देश्यसहित बाख्रा वितरण गरिएको बताए । शारीरिक रुपमा अपाङ्गता भएका व्यक्ति, बर्गीय पक्ष, लक्षित बर्ग तथा गरिबीका रेखामुनी रहेकाहरुका लागि यो कार्यक्रम महत्वपूर्ण भएकाले आफुले लिएका बाख्रा सहि तरिकाले पालन गरी आर्थिक उर्पाजनमा बृद्धि गर्न पनि सुझाव दिए ।

साथै तालिममा सहभागिहरुलाई बाख्रा कसरी पाल्ने, कस्तो बाख्रा पाल्ने, यसको उपचार, यसको लागि खानपानमा ध्यान दिनुपर्ने कुरा लगायतका बारेमा प्यूठान नगरपालिकाका पशु सेवा शाखा प्रमुख गिरीराज पौडेलले जानकारी दिएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...