News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालिकाले दियो अपाङ्ग महिलालाई बाख्रा

बिबश जि.एम२०८१ जेष्ठ २६
८०४ पटक
२०८१ जेष्ठ २६

प्यूठान नगरपालिकाले अपाङ्गता भएका महिलाहरुका लागि निःशुल्क बाख्रा वितरण गरेको छ । महिला अपाङ्गताहरुलाई बाख्रा पालन सम्बन्धि सीप विकास तालिम सहित बाख्रा हस्तान्तरण गरेको हो । नगरपालिका भित्र रहेका १० वटै वडाका १/१ जना अपाङ्गता भएका महिलाहरुका लागि २/२ वटा बाख्रा वितरण गरेको छ ।

बाख्रा हस्तान्तरण कार्यक्रममा बोल्दै प्यूठान नगरपालिकाका उपमेयर देबेन्द्र बर्माले जन्मिदै विभिन्न प्रकारले समस्यामा रहेर पीडा भोगिरहेका व्यक्तिहरुका लागि पेवाको रुपमा बाख्रा वितरण गरिएको बताए । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउन पशुसेवा शाखा र आर्थिक विकास समितिले यथार्थ समस्यामा रहेका वर्गहरुलाई छुट्याई बजेट विनियोजनको समयमा प्रस्ताव पेश गर्न आग्रह गरेका छन् ।

त्यस्तै नगरप्रवक्ता तथा ३ नं वडाध्यक्ष सुमनराज श्रेष्ठले प्रकृतिले जन्मिदै ठगेका व्यक्तिहरुको जीवनलाई सहि ढंगले जीवनयापन गर्नमा सहयोग पुग्ने उद्देश्यसहित बाख्रा वितरण गरिएको बताए । शारीरिक रुपमा अपाङ्गता भएका व्यक्ति, बर्गीय पक्ष, लक्षित बर्ग तथा गरिबीका रेखामुनी रहेकाहरुका लागि यो कार्यक्रम महत्वपूर्ण भएकाले आफुले लिएका बाख्रा सहि तरिकाले पालन गरी आर्थिक उर्पाजनमा बृद्धि गर्न पनि सुझाव दिए ।

साथै तालिममा सहभागिहरुलाई बाख्रा कसरी पाल्ने, कस्तो बाख्रा पाल्ने, यसको उपचार, यसको लागि खानपानमा ध्यान दिनुपर्ने कुरा लगायतका बारेमा प्यूठान नगरपालिकाका पशु सेवा शाखा प्रमुख गिरीराज पौडेलले जानकारी दिएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...