News Portal

रेडियो सुन्नुहोस्

को हुन् एसइइमा प्यूठान जिल्ला प्रथम हुने अच्युत पुडासैनी ?

झुलेनी नेटवर्क२०८१ श्रावण ३
८१३ पटक
२०८१ श्रावण ३

माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा प्यूठानको भिंगृ जलुकेमा अवस्थित लोक चेतना एकेडेमी स्कुलका मेधावी छात्र अच्युत पुडासैनी प्यूठानमा जिल्ला प्रथम भएका छन् ।

एसइइ–२०८० मा सहभागी भएका विद्यार्थीमध्ये पुडासैनीले ३.९५ जिपिए लिएर जिल्लामा प्रथम भएका हुन । कोरोना सङ्क्रमणको नतिजा बाहेक यो विद्यालयको लागि अहिलेसम्मको सबैभन्दा धेरै जिपिए हो । जुन अच्युतले रेकर्ड राख्न सफल भएका छन् । निकै लगनशील, परिश्रमी, तथा मेहनती अच्युत पढाईमा अब्बल विद्यार्थी हुन् । बुबा बलदेव शर्मा र आमा उषा रिजालको कोखबाट वि.सं. २०६४ पौष २७ गते जन्मिएका पुडासैनी घरका एक मात्र छोरा हुन् । बुबा पेशाले शिक्षक हुन भने आमा एक परियोजना कार्यक्रमको सामुदायिक सहजकर्ता हुन् ।

सानैदेखि लोक चेतना एकेडेमीको नर्सरी कक्षादेखि पढ्दै आएका पुडासैनी कक्षा नर्सरीदेखि नै प्रथम विद्यार्थी हुन् । स्वर्गद्वारी नगरपालिका अन्तर्गत नगरस्तरीय कक्षा–८ को वार्षिक परिक्षा –२०७८ मा उनी नगर प्रथम भएका थिए । विद्यालयका प्रिन्सिपल मधुसुदन अधिकारीका अनुसार किशोरावस्थामा पाईला टेकेतापनि चल्ने, जिस्कने र उट्पट्याङ नगर्ने, निकै अनुशासित, मौरी झै मेहनत गरिरहने साचो अर्थमा भन्नुपर्दा अच्युत विद्यालयका गहना हुन । शैक्षिक सत्र–२०८० को एसइइ परीक्षामा प्यूठानवाट ३ हजार ९ सय ७६ विद्यार्थी सहभागी भएकोमा जिल्लाभरमा साधारण धारतर्फका ३० जना र प्राविधिक धारतर्फ ४ जना गरी ३४ जना विद्यार्थीले ए प्लस जिपिए प्राप्त गरेका छन् ।

यो वर्षको एसइइ परीक्षामा प्यूठानबाट २ हजार १ सय ३९ जना छात्रा र १ हजार ८ सय ३७ जना छात्र गरी ३ हजार ९ सय ७६ जना विद्यार्थीहरुले एसईई परीक्षा दिएका थिए । अच्युत पुडासैनी जि.पि.ए. ३.९५ लिएर जिल्ला प्रथम भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्यूठानका दुर्गा बहादुर खड्काले जानकारी दिएका छन् । “हुने बिरुवाको चिल्लोपात भनेझैं” पुडासैनी पढाईमा मात्र नभएर विभिन्न भाषण कला, सांगितिक क्षेत्रमा पनि रुचि राख्ने, अतिरिक्त क्रियाकलापमा पनि क्रियाशील, जेहेन्दार र मेहनती विद्यार्थीको रुपमा आफूले बुझेको सोही विद्यालयमा अध्यापनरत सामाजिक विषयका शिक्षक सरद बिष्टले बताए । सामाजिक विषयको सैद्धान्तिकमा नै ४ जि.पि.ए ल्याउँदा बिष्ट सर खुशीले दङ्ग छन्।

त्यसैगरी अर्का बिज्ञान शिक्षक रमेश पार्धेले अच्युतको मेहनत खेर नगएको बताउछन् । आफ्नो सहयोग र बाबुको मेहनतले विज्ञान विषयमा पनि सैद्धान्तिक विषयमा ४ जि.पि.ए. ल्याउँदा आफूले पनि ठुलै अवार्ड जिते जस्तो लागेको उनले बताए। एस.इ.इ.को परीक्षा सके लगत्तै काठ्माण्डौं लागेका पुडासैनी हाल काठ्माण्डौमा ११ कक्षाको इन्ट्रास तयारी परीक्षामा जुटेका थिए । उनले इन्ट्रान्स उतृण भएस‌गै प्रतिष्ठित कलेज सेन्टजेभिएर्समा पढ्ने भएका छन् । भविष्यमा इन्जिनियर बनेर देशको लागि केही काम गर्छु भन्ने उनको लक्ष्य छ ।

(-शिक्षक सरद बिष्टको सहयोगमा तयार गरिएको)

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...