News Portal

रेडियो सुन्नुहोस्

को हुन् एसइइमा प्यूठान जिल्ला प्रथम हुने अच्युत पुडासैनी ?

झुलेनी नेटवर्क२०८१ श्रावण ३
५९० पटक
२०८१ श्रावण ३

माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा प्यूठानको भिंगृ जलुकेमा अवस्थित लोक चेतना एकेडेमी स्कुलका मेधावी छात्र अच्युत पुडासैनी प्यूठानमा जिल्ला प्रथम भएका छन् ।

एसइइ–२०८० मा सहभागी भएका विद्यार्थीमध्ये पुडासैनीले ३.९५ जिपिए लिएर जिल्लामा प्रथम भएका हुन । कोरोना सङ्क्रमणको नतिजा बाहेक यो विद्यालयको लागि अहिलेसम्मको सबैभन्दा धेरै जिपिए हो । जुन अच्युतले रेकर्ड राख्न सफल भएका छन् । निकै लगनशील, परिश्रमी, तथा मेहनती अच्युत पढाईमा अब्बल विद्यार्थी हुन् । बुबा बलदेव शर्मा र आमा उषा रिजालको कोखबाट वि.सं. २०६४ पौष २७ गते जन्मिएका पुडासैनी घरका एक मात्र छोरा हुन् । बुबा पेशाले शिक्षक हुन भने आमा एक परियोजना कार्यक्रमको सामुदायिक सहजकर्ता हुन् ।

सानैदेखि लोक चेतना एकेडेमीको नर्सरी कक्षादेखि पढ्दै आएका पुडासैनी कक्षा नर्सरीदेखि नै प्रथम विद्यार्थी हुन् । स्वर्गद्वारी नगरपालिका अन्तर्गत नगरस्तरीय कक्षा–८ को वार्षिक परिक्षा –२०७८ मा उनी नगर प्रथम भएका थिए । विद्यालयका प्रिन्सिपल मधुसुदन अधिकारीका अनुसार किशोरावस्थामा पाईला टेकेतापनि चल्ने, जिस्कने र उट्पट्याङ नगर्ने, निकै अनुशासित, मौरी झै मेहनत गरिरहने साचो अर्थमा भन्नुपर्दा अच्युत विद्यालयका गहना हुन । शैक्षिक सत्र–२०८० को एसइइ परीक्षामा प्यूठानवाट ३ हजार ९ सय ७६ विद्यार्थी सहभागी भएकोमा जिल्लाभरमा साधारण धारतर्फका ३० जना र प्राविधिक धारतर्फ ४ जना गरी ३४ जना विद्यार्थीले ए प्लस जिपिए प्राप्त गरेका छन् ।

यो वर्षको एसइइ परीक्षामा प्यूठानबाट २ हजार १ सय ३९ जना छात्रा र १ हजार ८ सय ३७ जना छात्र गरी ३ हजार ९ सय ७६ जना विद्यार्थीहरुले एसईई परीक्षा दिएका थिए । अच्युत पुडासैनी जि.पि.ए. ३.९५ लिएर जिल्ला प्रथम भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्यूठानका दुर्गा बहादुर खड्काले जानकारी दिएका छन् । “हुने बिरुवाको चिल्लोपात भनेझैं” पुडासैनी पढाईमा मात्र नभएर विभिन्न भाषण कला, सांगितिक क्षेत्रमा पनि रुचि राख्ने, अतिरिक्त क्रियाकलापमा पनि क्रियाशील, जेहेन्दार र मेहनती विद्यार्थीको रुपमा आफूले बुझेको सोही विद्यालयमा अध्यापनरत सामाजिक विषयका शिक्षक सरद बिष्टले बताए । सामाजिक विषयको सैद्धान्तिकमा नै ४ जि.पि.ए ल्याउँदा बिष्ट सर खुशीले दङ्ग छन्।

त्यसैगरी अर्का बिज्ञान शिक्षक रमेश पार्धेले अच्युतको मेहनत खेर नगएको बताउछन् । आफ्नो सहयोग र बाबुको मेहनतले विज्ञान विषयमा पनि सैद्धान्तिक विषयमा ४ जि.पि.ए. ल्याउँदा आफूले पनि ठुलै अवार्ड जिते जस्तो लागेको उनले बताए। एस.इ.इ.को परीक्षा सके लगत्तै काठ्माण्डौं लागेका पुडासैनी हाल काठ्माण्डौमा ११ कक्षाको इन्ट्रास तयारी परीक्षामा जुटेका थिए । उनले इन्ट्रान्स उतृण भएस‌गै प्रतिष्ठित कलेज सेन्टजेभिएर्समा पढ्ने भएका छन् । भविष्यमा इन्जिनियर बनेर देशको लागि केही काम गर्छु भन्ने उनको लक्ष्य छ ।

(-शिक्षक सरद बिष्टको सहयोगमा तयार गरिएको)

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...