News Portal

रेडियो सुन्नुहोस्

जन्मदिनको अवसरमा जिल्लाकै पुरानो भानु पुस्तकालयलाई सहयोग

झुलेनी नेटवर्क२०८१ भदौ ५
४१४ पटक
२०८१ भदौ ५

आफ्नो जन्मदिनको अवसर पारेर प्युठान नगरपालिका ४ निवासी लोकमणि भण्डारीले भानु पुस्तकालयलाई आर्थिक सहयोग गरेका छन् ।

शिक्षक पेसामा आबद्ध समाजसेवी भण्डारी जन्मदिनको अवसर पारेर ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका हुन । प्युठान नगरपालिका वडा नं ३ मा रहेको जिल्लाकै पुरानो पुस्तकालयलाई व्यवस्थित गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले आफूले उक्त रकम सहयोग गरेको भण्डारीले बताए ।

पुस्तकालयलाई थप व्यवस्थित बनाउने अभियानमा भण्डारीले गरेको सहयोगले थप टेवा पुग्ने उक्त वडाका वडाध्यक्ष सुमनराज श्रेष्ठले बताए । श्रेष्ठका अनुसार जिल्लाकै पुरानो पुस्तकालयलाई थप व्यवस्थित बनाउन छुट्टै समिति बनाएर काम भइरहेको छ । उनले ऐतिहासिक महत्त्व बोकेको पुस्तकालय व्यवस्थित गर्न सहयोग गर्न चाहने जो कोहीले पुस्तक, नगद तथा पुस्तकालयका लागि आवश्यक पर्ने सामाग्रीहरू सहयोग गर्न सक्ने बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...