News Portal

रेडियो सुन्नुहोस्

अशक्तलाई घरमै नागरिकता

शशिधर भण्डारी२०८१ भदौ १९
२१७ पटक
२०८१ भदौ १९

प्युठानमा दुई जना व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । स्वर्गद्वारी नगरपालिका–५ का दुई अशक्त स्थानीयलाई नागरिकता प्रदान गरिएको हो ।

नागरिकता पाउनेमा १६ वर्षीय मिन बहादुर घर्तिमगर र प्रकाश पुन रहेका छन् । प्रशासन कार्यालयमा पुग्न घर्तिमगरलाई गाडी नै रिजर्भ गर्नुपर्ने अवस्थाका उनको नागरिकता घरमै पुगेको हो । क वर्गको अपाङ्गता भएका डाँडागाउँका घर्तिमगरलाई सामान्य दिसापिसाव समेत गर्न अरुको सहारा चाहिन्छ । घरमै नागरिकता पाएपछि परिवारलाई समेत सहज भएको छ । ‘घरमै नागरिकता पाउँदा खुशी लागेको छ, घर्तिमगरकी आमा निर्मलादेवी घर्तिमगरले भनिन्,‘असक्त छोरालाई लगेर जानु पर्ने समस्या टर्यो ।’ उनले छोराको नागरिकता घरमै लिने प्रशासन र सहजीकरण गर्ने जनप्रतिनिधिलाई धन्यवाद व्यक्त गरिन ।

अर्का प्रकाश (ख) वर्गका अपांगता भएका व्यक्तिलाई पनि वडा कार्यालयमा बोलाइ नागरिकता प्रदान गरिएको स्वर्गद्वारी नगरपालिका–५ का वडा अध्यक्ष गिर बहादुर घर्तिमगरले जानकारी दिए । घर्तिले वडाले सकेसम्म हरेक सेवालाई सहज बनाउने प्रयासमा वडा रहेको बताए । ‘वडाका सेवालाई सरल र सहज बनाउने प्रयासमा छौं’ घर्तिमगरले भने,‘उहाँहरु त झन नागरिकता लिन जान धेरै समस्यामा हुनुहुन्थ्यो ।’ सामाजिक सुरक्षा भत्ता नविकरण, वितरण, राजश्व टोलमा संकलन गरिएकोमा वडामा असक्त रहेका व्यक्तिलाई नागरिकतामा समेत सहजता ल्याएको घर्तिमगरको भनाइ छ ।

सेवा प्रबाहलाई सहज गराउन घरमै पुगेर नागरिकता प्रदान गरिएको इलाका प्रशासन कार्यालयका प्रमुख मेघराज प्रसाद पोख्रेलले बताए । अभिभावक इलाका प्रशासनमा आइ अनुसूची भरी सबै प्रक्रिया पुरा गरेपछि घरमै पुगेर नागरिकता हस्तान्तर गरिएको हो । पोख्रेलका अनुसार स्वर्गद्वारी नगरपालिका–४ मा समेत असक्त प्रकृतिका व्यक्तीलाई नागरिकता प्रदानका लागि अनुसूची भरिएकोले घरमै पुगेर प्रदान गरिने जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रेस चौतारी र अनेरास्ववियुले संयुक्त रुपमा मनाए गणतन्त्र दिवस

प्यूठानमा पनि गणतन्त्र दिवस भव्य रुपले मनाइएको छ । प्रेस चौतारी नेपाल प्यूठान र अनेरास्ववियु...

गणतन्त्र दिवसमा प्यूठान नगरपालिकामा दीप प्रज्वलन

गणतन्त्र दिवसको अवसरमा प्यूठान नगरपालिकामा दीप प्रज्वलन गरिएको छ। प्यूठान नगरपालिकाको आयोजनामा दिवसको अवसरमा दीप...

प्यूठानमा गणतन्त्र दिवसमा विविध कार्यक्रम

प्यूठानमा गणतन्त्र दिवस विविध कार्यक्रम गरि मनाईएको छ । दिवसको अवसरमा सदरमुकाम सहित विभिन्न स्थानमा...

गणतन्त्र दिवसको अवसरमा बाग्दुला बजार क्षेत्र सरसफाई

बाग्दुला बजार क्षेत्र सरसफाइ गरिएको छ । गणतन्त्र दिबस २०८२ को अबसरमा प्युठान उद्योग वाणिज्य...

माण्डवी गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

प्यूठानको माण्डवी गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा भएको छ ।आवश्यक मापदण्ड र सूचक पुरा भएसँगै...