News Portal

रेडियो सुन्नुहोस्

अशक्तलाई घरमै नागरिकता

शशिधर भण्डारी२०८१ भदौ १९
५३४ पटक
२०८१ भदौ १९

प्युठानमा दुई जना व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । स्वर्गद्वारी नगरपालिका–५ का दुई अशक्त स्थानीयलाई नागरिकता प्रदान गरिएको हो ।

नागरिकता पाउनेमा १६ वर्षीय मिन बहादुर घर्तिमगर र प्रकाश पुन रहेका छन् । प्रशासन कार्यालयमा पुग्न घर्तिमगरलाई गाडी नै रिजर्भ गर्नुपर्ने अवस्थाका उनको नागरिकता घरमै पुगेको हो । क वर्गको अपाङ्गता भएका डाँडागाउँका घर्तिमगरलाई सामान्य दिसापिसाव समेत गर्न अरुको सहारा चाहिन्छ । घरमै नागरिकता पाएपछि परिवारलाई समेत सहज भएको छ । ‘घरमै नागरिकता पाउँदा खुशी लागेको छ, घर्तिमगरकी आमा निर्मलादेवी घर्तिमगरले भनिन्,‘असक्त छोरालाई लगेर जानु पर्ने समस्या टर्यो ।’ उनले छोराको नागरिकता घरमै लिने प्रशासन र सहजीकरण गर्ने जनप्रतिनिधिलाई धन्यवाद व्यक्त गरिन ।

अर्का प्रकाश (ख) वर्गका अपांगता भएका व्यक्तिलाई पनि वडा कार्यालयमा बोलाइ नागरिकता प्रदान गरिएको स्वर्गद्वारी नगरपालिका–५ का वडा अध्यक्ष गिर बहादुर घर्तिमगरले जानकारी दिए । घर्तिले वडाले सकेसम्म हरेक सेवालाई सहज बनाउने प्रयासमा वडा रहेको बताए । ‘वडाका सेवालाई सरल र सहज बनाउने प्रयासमा छौं’ घर्तिमगरले भने,‘उहाँहरु त झन नागरिकता लिन जान धेरै समस्यामा हुनुहुन्थ्यो ।’ सामाजिक सुरक्षा भत्ता नविकरण, वितरण, राजश्व टोलमा संकलन गरिएकोमा वडामा असक्त रहेका व्यक्तिलाई नागरिकतामा समेत सहजता ल्याएको घर्तिमगरको भनाइ छ ।

सेवा प्रबाहलाई सहज गराउन घरमै पुगेर नागरिकता प्रदान गरिएको इलाका प्रशासन कार्यालयका प्रमुख मेघराज प्रसाद पोख्रेलले बताए । अभिभावक इलाका प्रशासनमा आइ अनुसूची भरी सबै प्रक्रिया पुरा गरेपछि घरमै पुगेर नागरिकता हस्तान्तर गरिएको हो । पोख्रेलका अनुसार स्वर्गद्वारी नगरपालिका–४ मा समेत असक्त प्रकृतिका व्यक्तीलाई नागरिकता प्रदानका लागि अनुसूची भरिएकोले घरमै पुगेर प्रदान गरिने जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...