News Portal

रेडियो सुन्नुहोस्

युद्ध महान् थियो भने त्यो बाटो किन छोडेको ?: प्रधानमन्त्री ओली

झुलेनी नेटवर्क२०८१ भदौ २२
३८० पटक
२०८१ भदौ २२

प्रधानमन्त्री केपी शर्मा ओलीले युद्ध महान थियो भने किन  त्यो बाटो छाडेको भन्दै माओवादीलाइ प्रश्न गरेका छन् । हिंसाको महिमा मण्डन नगर्न माओवादी केन्द्रलाई चेतावनी दिदै उनले युद्ध महान नभएको बताए ।

उनले भने, ‘देशमा हिंसा थियो त्यसलाई व्यवस्थापन गर्नुपर्यो। त्यसलाई केही मान्छेहरुले महिमामण्डन गरेको सुन्छु। त्यस्तो महान थियो भने किन छोड्या त त्यो बाटो ? किन आउनुपर्यो शान्ति प्रक्रियामा ? महान जनयुद्ध नै थियो भने त सफल पार्नुपर्थ्यो। जनयुद्ध हो भने त्यो फेल हुँदैन। जनआन्दोलन हो भनेपनि फेल हुँदैन।’

उनले आफुहरुले गरेको झापा आन्दोलन पनि सहि नभएरै बदलिएको बताए । उनले भने,‘मैले पनि झापा आन्दोलनताका जुन नीति लिएको थिए त्यो सही नीति भएनछ अगाडि बढ्नको लागि बदलियो। सही भएन त बदल्नुपर्छ। त्यसैले अरुले बनाएका अनावश्यक हिंसा छोड्नुपर्छ बदल्नुपर्थ्यो। बदल्यौं। हिंसाको महिमा गरेर हामी अगाडि बढ्न सक्दैनौं। त्यसले फेरि खतरा ल्याउँछ ।’

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...