News Portal

रेडियो सुन्नुहोस्

कोरोनाविरुद्धको खोप प्युठानमा बुधवारदेखि सुरु हुने  

बिबश जि.एम.२०८१ भदौ २३
३४६ पटक
२०८१ भदौ २३

कोरोना भाइरस विरुद्धको फाइजर–बायोएनटेक खोप अभियान आगामी बुधवारदेखि सञ्चालन हुँदै छ । स्वास्थ्य कार्यालय प्युठानले आइतबार सञ्चारकर्मी हरूसँग अभिमुखीकरण कार्यक्रम गरी खोप अभियानबारे जानकारी गराएको छ ।

भदौ २६ देखी ३१ गतेसम्म लगाइने खोप अभियानमा १२ माथिका उमेरका नागरिकलाई खोप दिइने स्वास्थ्य कार्यालय प्युठानका निमित्त कार्यालय प्रमुख मधुसूदन खड्काले जानकारी दिए । खड्काका अनुसार प्युठानमा ४० हजार डोज फाइजर–बायोएनटेक खोप उपलब्ध रहेको छ ।

समुदाय स्तरमा रहेका हरेक खोप केन्द्रमा अभियानको टोली पुग्ने योजना बनेको कार्यालयले जनाएको छ । ०.३ मि.लि. मात्रा मासुमा दिइने यो खोप यसअघि पहिलो मात्रा खोप लगाएपछि गम्भीर प्रकारको एलर्जी भएका व्यक्ति, ३ महिना पूरा नभएका गर्भवती महिला र खोपमा रहेको कुनै तत्त्वसँग एलर्जी भएका व्यक्तिलाई भने दिन नमिल्ने खड्काले बताए ।

विश्व स्वास्थ्य सङ्गठनले आपत्कालीन प्रयोगका लागि सूचिकृत गरेको र औषधि व्यवस्था विभागले अनुमति दिएको फाइजर–बायोएनटेक खोप लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप तालिका बनाएर अभियान सुरु गरेको हो ।

गत माघ महिनामा बुस्टर डोज नलगाएका र १२ वर्ष माथिका सबै नागरिकलाई खोप अभियानमा सहभागी हुन् स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...