News Portal

रेडियो सुन्नुहोस्

कोरोनाविरुद्धको खोप प्युठानमा बुधवारदेखि सुरु हुने  

बिबश जि.एम.२०८१ भदौ २३
५७७ पटक
२०८१ भदौ २३

कोरोना भाइरस विरुद्धको फाइजर–बायोएनटेक खोप अभियान आगामी बुधवारदेखि सञ्चालन हुँदै छ । स्वास्थ्य कार्यालय प्युठानले आइतबार सञ्चारकर्मी हरूसँग अभिमुखीकरण कार्यक्रम गरी खोप अभियानबारे जानकारी गराएको छ ।

भदौ २६ देखी ३१ गतेसम्म लगाइने खोप अभियानमा १२ माथिका उमेरका नागरिकलाई खोप दिइने स्वास्थ्य कार्यालय प्युठानका निमित्त कार्यालय प्रमुख मधुसूदन खड्काले जानकारी दिए । खड्काका अनुसार प्युठानमा ४० हजार डोज फाइजर–बायोएनटेक खोप उपलब्ध रहेको छ ।

समुदाय स्तरमा रहेका हरेक खोप केन्द्रमा अभियानको टोली पुग्ने योजना बनेको कार्यालयले जनाएको छ । ०.३ मि.लि. मात्रा मासुमा दिइने यो खोप यसअघि पहिलो मात्रा खोप लगाएपछि गम्भीर प्रकारको एलर्जी भएका व्यक्ति, ३ महिना पूरा नभएका गर्भवती महिला र खोपमा रहेको कुनै तत्त्वसँग एलर्जी भएका व्यक्तिलाई भने दिन नमिल्ने खड्काले बताए ।

विश्व स्वास्थ्य सङ्गठनले आपत्कालीन प्रयोगका लागि सूचिकृत गरेको र औषधि व्यवस्था विभागले अनुमति दिएको फाइजर–बायोएनटेक खोप लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप तालिका बनाएर अभियान सुरु गरेको हो ।

गत माघ महिनामा बुस्टर डोज नलगाएका र १२ वर्ष माथिका सबै नागरिकलाई खोप अभियानमा सहभागी हुन् स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...