News Portal

रेडियो सुन्नुहोस्

गौमुखी क्षेत्रमा अल्लो सङ्कलन कार्यलाई व्यवस्थित गरिने

झुलेनी नेटवर्क२०८१ भदौ २५
५८६ पटक
२०८१ भदौ २५

गौमुखी गाउँपालिकाले अल्लो सङ्कलन गर्ने कार्यलाई हालका लागि रोक लगाएको छ ।

गाउँपालिकाले सोमबार एक सूचना निकाल्दै पालिकाले आर्थिक वर्ष २०८१/०८२ मा पालिका भित्र आर्थिक आयआर्जन गर्ने उद्देश्यका साथ अल्लो प्रवर्द्धन कार्यक्रम गर्ने भएकाले अल्लो सङ्कलनमा रोक लगाएको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले बताए ।

गाउँपालिका क्षेत्र भित्र पाइने अल्लोको बिउ उचित मूल्यमा सङ्कलन गरी यसलाई थप विस्तार गर्ने योजना अनुसार हाललाई अल्लो सङ्कलनमा रोक लगाएको गिरीले जानकारी गराए । पालिकाले सूचना जारी नगर्दा सम्म अल्लो सङ्कलन नगर्न स्थानीय लाई आग्रह गरेको छ ।

सार्वजनिक स्थल,सामुदायिक,कबुलियती वन,  निजी क्षेत्रमा उत्पादन हुने अल्लो ननिकाल्न भनेको छ । अल्लो पूर्णरुपमा नफूल्दासम्मको अवधिमा निकाल्दा यसको बिउ नोक्सान हुने पालिकाको भनाइ छ । अल्लो धागो सङ्कलन अव्यवस्थित तरीकाले गर्दा भनेजती फाइदा नहुने भएकाले स्थानीयलाई तालिम दिएर मात्र  सङ्कलन गरिने पालिकाले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...