News Portal

रेडियो सुन्नुहोस्

प्युठानमा आत्महत्याको दर बढ्दो

आत्महत्या गर्ने बालबालिकामध्ये अधिकांशका अभिभावकले मादक पदार्थ सेवन गर्ने गरेको अध्ययनको नतिजा

बिबश जि.एम२०८१ भदौ २५
५०६ पटक
२०८१ भदौ २५

प्युठानमा पछिल्लो तीन वर्षमा आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गएको छ । आर्थिक वर्ष २०७८/०७९ देखि २०८०/८१ को अवधिमा २ सय २१ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ ।

आर्थिक वर्ष २०७८/०७९ मा ६८ जना, २०७९/०८० मा ७४ र २०८०/८१ मा ७९ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा धेरै युवा उमेरका भए पनि बालबालिकाको सङ्ख्या बढ्दो दरमा रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वर थापाले बताए ।

तीन वर्षको अवधिमा ९१ जना १८–४० उमेर समूहका युवायुवतीले आत्महत्या गरेका छन् । ६६ जना ४१–६० वर्ष उमेर समूहका प्रौढले आत्महत्या गरेका छन् भने ४६ जना १८ वर्ष भन्दा कम उमेरका बालबालिकाले आत्महत्या गरेका छन् । ६१ वर्षभन्दा माथिका १८ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ ।

परिवारको असहयोग, सामाजिक विकृति, आर्थिक अभाव, कम क्षमता वा केही गर्न सकिन्न भन्ने धारणा विकास हुँदा आत्महत्याको सोच आउने गरेको मनोपरामर्शदाता शान्ति पण्डितले बताइन । उनका अनुसार आफ्नो जीवनमा आएका समस्याको समाधान नदेख्दा र एक्लोपनको महसुस गर्दा नकारात्मक सोच आउने गर्दछ । यस्ता सङ्केत आउने बित्तिकै परिवार र समुदायले पनि समयमै ध्यान दिनुपर्ने उनले बताइन ।

प्रहरीका अनुसार बेरोजगारी, पारिवारिक समस्या, दीर्घ रोग, एक्लोपन र स्वयं वा परिवारका सदस्यले अत्यधिक मादक पदार्थ सेवन जस्ता कारण आत्महत्या हुने गरेको छ ।

अभिभावकले मादक पदार्थ सेवन गर्दा बालबालिकाद्वारा आत्महत्या

आत्महत्या गर्ने १८ वर्ष मुनिका बालबालिकामध्ये अधिकांशका अभिभावकले मादक पदार्थ सेवन गर्ने गरेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय, प्युठानले आ.व. २०८०/८१ मा आत्महत्या गरेका २२ बालबालिकाको परिवारमा गरेको अध्ययनले त्यस्तो देखाएको छ । प्रहरीले अध्ययन गरेका २२ परिवारमध्ये २० जनाको परिवारमा मादक पदार्थ सेवन गर्ने र २ परिवारमा नगर्ने पाइएको थियो । त्यसै गरी ती मध्ये १२ जनाको परिवारका सदस्य वैदेशिक रोजगारीमा गएको पाइएको डिएसपी ईश्वर थापाको भनाइ छ ।

प्रहरीले अध्ययन गरेका आत्महत्या गर्ने २२ जना बालबालिकामध्ये सबैभन्दा बढी १० देखि १५ वर्षको उमेर समूहका १० जना रहेका छन् । १६ देखि १८ का ९ जना र १० वर्ष मुनीका ३ जना रहेको थापाले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...