News Portal

रेडियो सुन्नुहोस्

राप्ती राजमार्गमा भएकाे दुर्घटनामा २२ काे मृत्यु, १५ घाइते ! यस्ताे छ पूरा विवरण

सिखबर संवाददातापाैष ०७,
१४५४ पटक
पाैष ०७,

दाङ-सल्यान सडक खण्ड अन्र्तगत राप्त राजमार्गको तुलसीपुर ३ राम्री नजिकै विद्यार्थी बोकेको बस पल्टीदा २२ जनाको मृत्यु भएको छ । जसमा १८ पुरुष र ४ महिला रहेका छन । ज्यान जाने मध्ये ५ जनाको मात्रै सनाखत भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएकाे छ । प्रहरीका अनुसार २२ जनाको घटनास्थल र एकको राप्तीअंचल अस्पताल तुलसीपुरमा मृत्यु भएको हो । दुर्घटनामा परि १५ जना घाइते भएका छन् ।

सल्यानको मुलपानी वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर दाङ फर्कदै गरेको बा ४ ख ९७६६ नंम्वरको बस शुक्रबार साँझ पाैने ५ बजेतिर सडकबाट झन्डै ७ सय मिटरसम्म तल खस्दा दुर्घटना भएको थियो । बसमा घोराहीमा रहेको कृष्णसेन ईच्छुक पोलि टेक्निकल इन्टीच्युटका ३२ जना बिद्यार्थी, ३ जना गाडिका कर्मचारी र २ जना शिक्षक रहेका थिए । बस शैक्षिक भ्रमणमा शुक्रबार विहान सलयनका लागि छुटेको थियो ।

२२ जनामा ५ काे सनाखत

मृत्यु भएकामा सनाखत हुनेहरुमा अहिले सम्म घोराही ३ निवासि बस चालक बर्ष ३२ का मदन केसी , घोराही १७ निवासि शिक्षक २८ का प्रदीप घिमेरी , दंगिशरण १ निवासि बर्ष ३० का सन्जीप रत्गैया, पुर्वि रुकुम भुमे गाउपालीका ६ निवासि बर्ष २८ का शिक्षक नरेश वली र घोराही १४ निवासि बर्ष १४ का विजय जिएम रहेका छन् । बाँकी अरुकाे पनि विद्यालयका प्रिन्सीपल, अविभावक लगाएतलार्इ बाेलाएकाे सनाखत हुन लागेकाे प्रहरी श्राेतले बताएकाे छ ।

यसरी भयो दुर्घटना
तुलसीपुर ३ राम्रीमा यसअघि पनि पटक पटक दुर्घंटना हुने गरेका थिए । स्थानीयका अनुसार गत वर्ष सोही स्थानबाट ट्रयाक्टर खसेको थियो, भने त्यसको अघिल्लो बर्ष वर्ष दुई जना सवार मोटरसाइकल खसेको थियो । घुम्ती भएकाले अगाडिको दृश्य प्रष्ट नदेखिने हुँदा दुर्घटना हुने गरेको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले गाडि तीब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने बताए । “गाडि पनि क्षतबिच्छेद, सवारी चालकको पनि मृत्यु भईसकेको छ”- उनले भने- “त्यसैले दुर्घटनाको कारण थाहा नभएपनि, घटना प्रकृति हेर्दा नजिकै खाल्डो छ, गाडि तीब्र गतिमा आएकाले कन्ट्रोल नभएपछि दुर्घटना जस्तो देखिन्छ ।”

उद्धारमा सबैकाे सहयाेग

घटना पश्चात उद्दारका लागि प्रदेश प्रहरी कार्यालय, प्रमुख जिल्ला अधिकारी गाेबिन्द रिजालको नेतृत्वमा, जिल्ला प्रहरी कार्यालय दाङ, ईलाका प्रहरी कार्यालय तुलसीपुर, तुलसीपुर उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, घाेराहि उपमहानगरपालिका, तुलसिपुर उधाेग बाणिज्य सङ ,श सस्त्र प्रहरी, नेपाली सेना, दाङ जिल्ला उधाेग बाणिज्य सङघ, विभिन्न सङघ सस्था, प्रदेश सासद, स्थानीय बासि लगायतको टोली खटिएकाे थियो ।

सेना नभएको भए उद्धार हुने थिएन : स्थानीय

उद्धारमा नेपाली सेनाको ठूलो भूमिका रहेको स्थानीयवासी कलिभान रोकाले बताएका छन् । उद्धारका लागि श्री १९ बाहिनी अड्डा तुलसीपुरबाट नेपाली सेना त्यहाँ पुगेको थियो । घटनास्थल भिरपाखा भएकाले डोरी टाँगेर घाईको उद्धार गर्नुका साथै मृतकको शव निकालेको स्थानीय रोकाले बताए ।

“प्रहरी स्थानीयवासी अक्क न बक्क भएका थिए । कसैले पनि ल्याउन सकेका थिएनन् “- स्थानीय रोकाले भने- “सेना आएर डोरी टाँगेर घाइते र मृतकको शवलाई खोचबाट निकालेर माथि सडकमा ल्यायो । नत्र समयमै उद्धार नहुँदा मृतकको समय बढ्ने थियो ।’ लप्टन योगेन्द्र गुरुङको कमाण्डमा बाहिनीबाट ३१ जना सैनिक जवानहरु घटनास्थलमा गएका थिए ।”

मोबाईलको घन्टी बजेको आधारमा लाश भेटिए

आफन्तले छोराछोरीलाई सम्पर्क गरेको फोनका आधारमा शव र घाइते भेटिने गरेको उद्धारमा खटीएका तुलसीपुर उपमहागनरपालिका –३ का वडाध्यक्ष वीर बहादुर विकले जानकारी दिए । “वनजंगल र भिरपाखा, त्यसमा पनि अध्याँरो भएकाले दिउँसो जस्तो देखिने कुरै भएन”- वडाध्यक्ष विकले भने- “घटना स्थलमा खोज्ने क्रममा घाइते र मृतकका बुबा–आमाले फोन गर्दा बजेको मोबाईलको घन्टीका आधारमा जाँदा कतै अचेत अवस्था घाइते त कतै शव भेटिएका हुन्।”

शवहरु घरसम्म पुर्याउन गृहमन्त्रालयमा समन्वय हुदै

शनिवार मृतकहरुकाे पाेष्टमाटम पश्चात् शबहरु घर सम्म पुर्याउनका लागि गृहमन्त्रालयमा समन्वय भैरहेकाे प्रमुख जिल्ला अधिकारी गाेबिन्द रिजालले जानकारी दिए । यता सिटिई भिटिका क्षेत्रीय डाक्टर यादब सुबेदिले सबै घाइतेहरुकाे उपचार सिटिई भिटिले मिलाउने बताएका छन । उनले घटनाका बारेमा दुख ब्यक्त गर्दै घाइतेको उपचारमा कुनै कमिहुन नदिने पनि बताए । अहिले शव राप्ती अन्चल अस्पताल तुलसीपुरमा राखिएकाे छ

उद्धार कार्य सकियाे 

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीका अनुसार शुक्रबार राती अबेरसम्म उद्धार कार्य सकिएकाे हाे । २२ जनाकाे शव र १५ जना घाइते भेटिएपछि उद्धार कार्य सकिएकाे उनले बताए । त्यसपछि पनि काेहि नभेटिएपछि उद्धार कार्य सकेर आफुहरु फर्किएकाे उनले बताएका छन् । तर बिहन पनि घटनाकाे बारेमा बुझ्न प्रहरी टाेली घटनास्थल पुगेकाे उनले बताए ।

दुर्घटनामा घाइतेको नामावली
१. जिल्ला रुकुम सानीभेरी गा.पा. ३ बस्ने बर्ष १६ की रोजिना पुन, टाउकोमा चोट अबस्था सिरियस,
२. जिल्ला दाङ बंगलाचुली गा.पा. १ बस्ने बर्ष १६ की मनिका रिजाल, टाउकोमा चोट अबस्था सिरियस,
३. जिल्ला जुम्ला चन्दननाथ गा.पा. ७ बस्ने बर्ष १७ को कुसेन्द्र खत्री टाउको र पेटमा चोट अबस्था सिरियस,
४. जिल्ला अछाम मंलगसेन न.पा. ५ बस्ने बर्ष १८ को यूवराज ढुंगाना, टाउको र खुट्टामा चोट अवस्था सिरियस,
५. जिल्ला अछाम मंगलसेन नगरपालिका ६ बस्ने बर्ष १८ को बिक्रम भण्डारी,टाउकोमा चोट अबस्था सिरियस,
६. जिल्ला रुकुम त्रिबेणी गा.पा.३ बस्ने बर्ष १६ को प्रेम बहादुर खड्का,टाउकोमा चोट अबस्था सिरिय,
७. जिल्ला दाङ घोउमनपा १४ बस्ने बर्ष १८ को संजय खनाल, टाउकोमा चोट अबस्था सिरियस
८. जिल्ला हुम्ला घर भएको बर्ष २०/२२ को बिरेन्द्र बटाला,टाउकोमा चोट अबस्था सिरियस,
९. जिल्ला रुकुम सानिभेरी गा.पा. १० अर्मा बस्ने बर्ष १६ को राजन डागी , बाँया खुट्टा भाँचिएको अबस्था सिरियस,
१०. जिल्ला रोल्पा परीवर्तन गा.पा. ४ बर्ष १७ को प्रकाश वली,टाउकोमा चोट अबस्था सिरियस,
११. जिल्ला जुम्ला चन्दननाथ न.पा. २ बस्ने बर्ष १७ को जिबन भण्डारी,टाउकोमा चोट अबस्था सिरियस,
१२. जिल्ला जुम्ला चन्दननाथ गा.पा. ७ बस्ने बर्ष १५ की बर्सा रोकाया, मुख रढाडमा चोट अबस्था सामान्य,
१३. जिल्ला जुम्ला चन्दननाथ न.पा. २ बस्ने बर्ष १६ को भद्र बिष्ट, खुट्टामा चोट अबस्था बोल्न सक्ने,
१४. जिल्ला कैलाली टिकापुर न.पा. ८ बस्ने बर्ष १७ की समिक्षा रोकाया, टाउको र घाँटीमा चोट बोल्न सक्ने (दाङ मामा घर),
१५. जिल्ला जुम्ला तातोपानी गा.पा.४ बस्ने बर्ष १८ कि हिमाली हमाल, घुडा र ढाडमा चोट अबस्था बोल्न सक्ने ।

प्रतिकृया दिनुहोस्

जिल्ला अस्पताल विजुवारको विद्युत समस्या हलहुने (भिडियो सहित)

जिल्ला अस्पताल बिजुवारमा नयाँ विद्युत लाइन जडान गरिएको छ । अस्पतालमा प्रयाप्त विद्युत प्रभाह नभएका...

प्यूठानमा आगलागीमा संलग्न ४ जना पक्राउ

आगलागीमा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय प्यूठानका अनुसार...

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठान शाखाले गऱ्यो मृत्यु दाबी भुक्तानी

हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड प्यूठानले मृत्यु दाबी भुक्तानी गरेको छ । शनिबार हिमालयनले माण्डवी गाउँपालिका...

निःशुल्क दन्त रोगबाट लिघामा ६६ जनाले लिए सेवा

नौबहिनी गाउँपालिका २ लिघामा १ दिने दन्त रोग सम्बन्धि निःशुल्क शिविर सम्पन्न भएको छ ।...

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको...