News Portal

रेडियो सुन्नुहोस्

विजय फुलबारीको तेश्रो साधारणसभाको निर्णय प्रमाणिकरण सम्पन्न

झुलेनी नेटवर्क२०८१ असोज २२
४८२ पटक
२०८१ असोज २२

विजय फुलबारी बचत तथा ऋण सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभाको बिभिन्न ईलाकामा भएको निर्णयको प्रमाणीकरण सभा सम्पन्न भएको छ ।

सोमबार केन्द्रीय कार्यालय जुम्रीमा भएको सभाबाट साधारणसभाको निर्णय प्रमाणीकरण गरिएको हो ।

सात वटा ईलाकामा एकैसाथ भएको साधारणसभाबाट छनौट भएका प्रतिनिधिहरुको संयुक्त सभाले निर्णय प्रमाणिकरण गरेको छ । निर्णय प्रमाणिकरण संगै सहकारीको तेश्रो साधारणसभाको कार्यक्रम सम्पन्न भएको छ ।

सहकारी संस्थाका अध्यक्ष नेत्रमणी आचार्यको अध्यक्षतामा भएको तेस्रो बार्षिक साधारण सभाको निर्णय प्रमाणीकरण सभामा सञ्चालक समितिको तर्फबाट मोहन सुवेदीले प्रगति तथा आगामी प्रस्तावित कार्ययोजना प्रस्तुत गरेका थिए भने सञ्चालक खिम बहादुर जि.सी.ले आर्थिक प्रतिवेदन तथा प्रस्तावित बजेट पेश गरेका थिए ।

ज्येष्ठ सदस्य राजेन्द्र पौडेलको प्रमुख आथित्यतामा भएको सभाले एकाइगत साधारण सभाबाट पारित संस्थाको नीति कार्यक्रम,आर्थिक प्रतिवेदन,प्रस्तावित बजेट पारितका साथ प्रमाणीकरण गरेको छ । साधारण सभाले संस्थाको रिक्त कोषाध्यक्ष पदमा टोप बहादुर मल्ललाई निर्विरोध निर्वाचित गरेको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...