सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरी कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले जिल्ला अदालत कास्कीमा पेस गरेको छ।
जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिकाको शहिदचोक र ग्रैहापाटन आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरे पनि रास्वपा कार्यकर्ताले निरन्तर प्रदर्शन गरिरहेका छन्। यद्यपि, प्रहरीले प्रदर्शनकारीलाई छलेर अर्कै बाटोबाट उच्च सुरक्षासहित आफ्नै गाडीमा अदालत छिराएको हो।