News Portal

रेडियो सुन्नुहोस्

मोटरसाइकलको ठक्करबाट तीन महिने शिशुको मृत्यु

झुलेनी नेटवर्क२०८१ कार्तिक २३
७६६ पटक
२०८१ कार्तिक २३

प्यूठानमा मोटरसाइकलको ठक्करबाट तीन महिने शिशुको ज्यान गएको छ ।

ऐरावती गाउँपालिका-४ कैरनबाट प्यूठान नगरपालिका-१ चेरनेटा तर्फ आउँदै गरेको प्रदेश ०३-००७ प ३३०७ नं.को मोटर साइकलले बिहीबार साँझ ठक्कर दिँदा मल्लरानी गाउँपालिका-५ धुँदी बस्ने सुजल भण्डारीको तीन महिनाको छोरा श्रीजल भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानकाका प्रवक्ता प्रहरी निरीक्षक केशव के.सी.ले जानकारी दिए ।

शिशुलाई हजुरआमा नाता पर्ने ४५ वर्षीय नारायणी कँवरले बोकेको र ठक्कर दिँदा साथमा बोकेको नाति खस्न गई घाइते भएका हुन् ।

घाइते शिशुको जिल्ला अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रवक्ता के.सी.ले बताए ।

मोटरसाइकल चालक प्यूठान नगरपालिका-१ चेरनेटा बस्ने २३ वर्षीय विशाल के.सी.लाई प्रहरीले .नियन्त्रणमा लिएको छ ।

शिशुको शव जिल्ला अस्पतालको शव-गृहमा रहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...